उद्धारका क्रममा अर्घाखाँचीमा चितुवा मरेपछि….

भगवती घिमिरे भुसाल,
सन्धिखर्क । अर्घाखाँचीमा पासोमा परि घाइते भएको  चितुवा मरेको छ ।

 सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीको जङ्गलमा  चितुवा पासोमा परेको चितुवा  बाँके राष्ट्रिय निकुञ्ज लैजाने क्रममा बाटोमा मरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका डिभिजन  वन अधिकृत ईश्वरी पौडेलले बताए ।

पासोमा चितुवा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डिभिजन वन कार्यालय अर्घाखाँचीको पहलमा सुरक्षाकर्मी र स्थानीयबाट उद्दार गरि घाइते अवस्थामा फेला परेको चितुवा उद्धार गरि बाँके राष्ट्रिय निकुञ्ज लैजाने क्रममा शितगंगा नगरपालिकाको डोहोटे नजिकै मरेको हो । 

५९ इन्च लामो र ३३ इन्च अग्लो, झन्डै  ३१ केजीको भाले चितुवा रहेको र पासो कसले थापेको विषयमा अनुसन्धान समेत भएको डिभिजन  वन अधिकृत पौडेलको भनाइ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?