नक्कली भुटानी शरणार्थी प्रकरण : कसरी हुन्छ बालकृष्ण खाँणको सम्बन्धमा निर्णय ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई छाड्ने कि थुनामै राख्ने भन्ने सम्बन्धमा न्यायाधीशको राय बाझिएको छ । शुक्रवार उच्च अदालत पाटनले आफ्नो आदेश सुनाउने क्रममा कांग्रेस नेता खाँणको हकमा राय बाझिएको हो ।

मुद्दा पुर्पक्षका लागि थुनामै पठाउने काठमाडौँ जिल्ला अदालतको आदेश बेरितको रहेकाले थुनामुक्त भई मुद्दा लड्न पाउनुपर्ने मागसहित खाँण निवेदन लिएर उच्च अदालत पाटन पुगेका थिए । गत मङ्सिर ५ गतेदेखि निरन्तर सुनुवाइ गरी शुक्रवार आदेश सुनाउने क्रममा अन्य प्रतिवादीहरूको हकमा न्यायाधीशहरूबिच सहमति भए पनि कांग्रेस नेता बालकृष्ण खाँणको हकमा भने न्यायाधीशहरूको राय बाझिएको छ । राय बाझिएपछि अब तेस्रो न्यायाधीशको इजलासले दिने रायका आधारमा बालकृष्ण खाँण धरौटी राखेर बाहिर निस्कने कि थुनामै रहने भन्ने निर्णय हुनेछ ।

न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा भएको सुनुवाइमा न्यायाधीश पाण्डेले खाँणसँग ३० लाख धरौटी माग गरी थुनामुक्त गर्ने राय दिएका थिए । तर न्यायाधीश पाण्डेको रायमा अर्का न्यायाधीश प्रकाश खरेलले भने फरक राय दिएका छन् ।

न्यायाधीश खरेलले तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी बालकृष्ण खाँण अहिले नै निर्दोष रहेछन् भनी भन्न नसकिने भन्दै उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने राय दिएका छन् ।

कसरी हुन्छ बालकृष्णको सम्बन्धमा निर्णय ?

उच्च अदालत पाटनका न्यायाधीश कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको हकमा न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटी माग गरी रिहा गर्ने आदेश गरेकामा न्यायाधीश प्रकाश खरेलले मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेश सदर गरेपछि अब उनको हकमा भने अर्का न्यायाधीशको इजलासमा सुनुवाइ हुने भएको छ । दुई न्यायाधीशको राय आइसकेकाले अब अर्का एक न्यायाधीशको इजलासमा उक्त निवेदन पेश भई सुनुवाइ हुनेछ ।

सुनुवाइपछि ती न्यायाधीशले दिने रायका आधारमा खाँण धरौटी राखी थुनामुक्त हुने वा पुर्पक्षका लागि थुनामै रहने भन्ने निर्णय हुनेछ । ती न्यायाधीशले धरौटी माग गर्ने राय दिएमा धरौटी माग भई थुनामुक्त हुनेछन् भने थुनामै राख्नुपर्ने राय दिएमा थुनामै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेछ । धरौटी माग भएमा धरौटी रकममा परिवर्तनसमेत हुन सक्नेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?