अर्थतन्त्र बिग्रनुको मुख्य कारण माओवादीको युद्ध हो : गगन थापा

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अर्थतन्त्र बिग्रनुको मुख्य कारण माओवादीको १० वर्षे युद्ध र हिंसा रहेको बताएका छन् ।

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलनमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले २०४८ देखी २०५१ सालसम्म गिरिजा प्रसाद कोइरालाले नेतृत्व गरेको समय नेपालका लागि स्वर्णिम युग रहेको जिकिर गर्दै त्यसपछि माओवादीले अनावश्यक युद्धको भारी बोकाएको आरोप लगाए । उनले भने “आज हामीले अर्थतन्त्रको जुन अवस्था भोगेका छौँ, यसलाई अलिकति मात्रै पल्टाएर हेर्यौ भने यसको मुख्य कारण भनेको माओवादीले हामीलाई नेपाली समाजमा थोपार्दीएको अनावश्यक युद्ध र हिंसाको कारणले गर्दा हो ।” 

उनले अर्थतन्त्र बिग्रनु युद्ध र त्यसका परिणाम नै मुख्य कारक रहेको पटकपटक दोहोर्‍याउँदै भूकम्प र कोभिडका कारण पनि अर्थतन्त्र थप जटिल बनेको बताए । तर पछिल्लो समय अर्थतन्त्रका केही सूचक सुधारिएको अवस्था रहेका थापाको भनाई छ । उनले भने “ बिस्तारै हामी केही दिनदेखि हेर्दै छौँ, हाम्रा केही कुराहरू सकारात्मक बन्दै गएको छ । हामीसँग आज बैंकमा यति मुद्रा छ की हामी १७/१८ महिना चिन्ता गर्न नपर्ने अवस्थामा पुगेका छौ, केही महिनाअघि जम्मा ६ महिनालाई बाँकी हुने अवस्था भएको थियो । कहाली लाग्दो अवस्था भएको थियो ।”

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?