म्याग्दी जीप दुर्घटनामा चालकसहित पाँच घाइते

म्याग्दी । म्याग्दीमा सोमबार दिउँसो बोलेरो जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्।

जिल्लाको मङ्गला गाउँपालिकाको ३ बरंजाबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ८०४२ नम्बरको बोलेरो जीप सोमबार (आज) दिउँसो बेनी नगरपालिका ६ को डम्मरामा दुर्घटना भएको हो।

दुर्घटनामा परी मङ्गला गाउँपालिका–३ बरंजाकी २४ वर्षीया इन्दु तुलाचन, ४६ वर्षीय कर्णबहादुर रोका, शेरबहादुर दमाई, मङ्गला गाउँपालिका–४ की ६० वर्षीया मनकुमारी रोका र बेनी नगरपालिका–७ का ५२ वर्षीय प्रकाश बानिया घाइते भएका बेनी अस्पतालका मेडिकल अधिकृत डा. गोविन्द पोखरेलले जानकारी दिए।

गाडी दुर्घटना भएको जानकारी पाउनासाथ स्थानीय तथा सुरक्षा निकायको सक्रियतामा उद्धार गरी उपचारका लागि बेनी अस्पतालमा ल्याइएको बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णसिंह बानियाले बताए।

उनले भने, “गाडी दुर्घटना भएको स्थल र गाडी पुगेको ठाउँ हेर्दा निकै भयावह दुर्घटना भएको भए पनि क्षति धेरै भएको छैन।”

गाडीको स्टेरिङ फेल भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यकिन कारण खुल्न भने नसकेको जिल्ला ट्राफिक कार्यालय म्याग्दीका इन्चार्ज राजेन्द्र पौडेलले जानकारी दिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?