अर्घाखाँची : सन्धिखर्क नगरपालिकाद्वारा स्वास्थ्य तथा सरसफाइ नीतिबारे छलफल

अर्घाखाँची । स्वास्थ्य सेवाप्रदायक संस्था वा व्यक्तिबाट प्रदान गरिने स्वास्थ्य सेवालाई प्रभावकारी, जवाफदेही र गुणस्तरीय बनाउनका स्वास्थ्य मस्यौदा नीतिबारे छ्लफल गरिएको छ । 

गुणस्तरीय औषधि तथा प्रविधिजन्य स्वास्थ्य सामग्रीको प्रयोग गर्दै छिटो छरितो, सहज र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न साथै सेवालाई थप प्रभावकारी बनाउन सन्धिखर्क नगरपालिकाले स्वास्थ्य तथा सरसफाइ नीति निर्माणका लागी मस्यौदा उपर सन्धिखर्कमा सरोकारवालाहरूसँग छलफल कार्यक्रम सम्पन्न गरेको हो । 

स्वास्थ्य तथा मस्यौदामाथि छलफल कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले नेपालको संविधानले आधारभुत स्वास्थ्य सेवालाई प्रत्येक नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको भन्दै गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सर्वसुलभ पहुँचमा पुराउने राज्यको दायित्व भएको बताए । भुसालले राष्ट्रिय स्वास्थ्य नीति, प्रदेश स्वास्थ्य नीतिलाई आधार मानेर सन्धिखर्क नगरपालिकाको वर्तमान, अवस्था, समस्या तथा चुनौतीहरू, उपलब्धि स्रोत साधन तथा प्रमाणहरूलाई समेत आधार बनाई सरोकारवालाहरूको सहभागितामा स्वास्थ्य नीति बनाउन लागेको बताए ।

परामर्श दाता डाक्टर जीवन घिमिरेले प्रस्तुत गरेको मस्यौदा उपर अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगनाथ तिवारी, स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपाली (unfpa) लुम्बिनी प्रदेश प्रमुख राम थापा, सन्धिखर्क नगरपालिका सम्पूर्ण वडा अध्यक्षहरूको तर्फबाट वाड नं. ६ का वाड अध्यक्ष श्रीधर महतरा, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सह सचिव हृदय भुसालले मस्यौदा उपर मन्तव्य व्यक्त गरेका थिए । 

unfpa परामर्श दाता, स्वास्थ्य शाखा आयोजक भएको कार्यक्रममा वाड अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य चौकी इन्चार्ज साथै विभिन्न सरोकारवालाहरूको बिचमा गरिएको कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको अध्यक्षता, प्रकाश परिवारको स्वागत मन्तव्य तथा स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?