कित्ताकाट गर्न नपाइने गरी लुम्बिनीको राजधानी क्षेत्रमा ३ वर्षपछि जग्गा फुकुवा

बुटवल । लुम्बिनी प्रदेशको राजधानी दाङ क्षेत्रको जग्गा कित्ताकाट नगरी बिक्री वितरण गर्न पाउने गरी फुकुवा गरिएको छ ।  मालपोत कार्यालय लमहीले बुधबार सूचना जारी गरी लामो समयदेखि रोक्का रहेको जग्गा फुकुवा भएको जानकारी दिएको हो ।

यो लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कार्तिक १ गते नै गरेको थियो तर आज (बिहीबार) देखि याे निर्णय कार्यान्वयन हुने भएको छ । एकल स्वामित्वको जग्गाधनी कायम रहने आधारमा मात्र कित्ताकाट नहुने र जुनसुकै प्रकारको भवन जग्गा आदि अचल सम्पत्तिको स्वरुप परिर्वतन गर्न नपाउने गरी खरिदबिक्रीका लागि बैधता प्रदान गरिएको मालपोत कार्यालयले जनाएकाे छ ।

प्रदेशको राजधानीको तोकिएपछि २०७७ असोज १६ गते राप्ती गाउँपालिकाको पूरै वडा, गढवा गाउँपालिका वडा नम्बर १, २ र ३, अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ८ र ९ को जग्गा रोक्का राख्ने निर्णय गरिएको थियो ।

जग्गा फुकुवा नहुँदा जनजीवन प्रभावित भएको, आर्थिक कारोबार र लगानी ठप्प भएको, घरायसी दैनिक कामकाज रोकिएको भन्दै आन्दोलनसमेत भएको थियो । 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?