हिमाल आरोहणका लागि एक हजार ३२९ जनालाई अनुमति

काठमाडौं । यो मौसममा हिमाल आरोहणका लागि एक हजार ३२९ जनाले अनुमति पाएका छन्।

पर्यटन विभागका अनुसार स्वदेशी तथा विदेशी गरी १७२ समूहका एक हजार ६९ जना पुरुष र २६० जना महिलाले आरोहण अनुमति लिएका हुन्।

विभागका निर्देशक राकेश गुरुङका अनुसार आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमादब्लमका लागि छन्। ‘अमादब्लम आरोहणका लागि ४५ समूहका ४९२ जनाले अनुमति लिएका छन्। अहिलेसम्म ७६ देशका आरोहीले  ५२ हिमाल आरोहणका लागि अनुमति लिएका छन् ’, उनले भने।

त्यस्तै मनासलु आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएका छन्। आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकाका १३०, फ्रान्सका १२९, जर्मनीका ९६, चीनका ७९, रसियाका ६७, जापानका ५१ र स्विट्जरल्याण्डका ५० जना छन्। यो मौसमको आरोहण अनुमतिबाट सात करोड ६६ लाख ९३ हजार १२ रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।

पर्यटन विभागका अनुसार यो पटक ६ मुलुकका २२ जनाले नेपालका हिमालबाट ‘स्की’का लागि अनुमति लिएका छन्। स्कीका लागि सबैभन्दा अनुमति लिनेमा फ्रान्सका नागरिक छन्। उनीहरू हिमाल आरोहणपछि स्की गर्दै आधार शिविर ओर्लिने छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?