यू–१९ एसिया कप क्रिकेटमा आज नेपालले अफगानिस्तानको सामना गर्ने

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपाली टोलीले आइतबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

दुबईको आईसीसी एकेडेमी मैदान ‘टू’मा बिहान सवा ११  बजे शुरु हुने खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो।

एसिया कपको समूह एमा रहेको नेपाल र अफगानिस्तान दुवै पहिलो जितको खोजीमा मैदान उत्रिँदैछन्। प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाल र अफगानिस्तान दुवैलाई जित्नै पर्ने दबाब छ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग र अफगानिस्तानले भारतसँग समान ७ विकटको हार व्यहोरेका थिए। १९ वर्षमुनिको टोलीको ‘हेड टू हेड’ हेर्ने हो भने अफगानिस्तानले पछिल्ला ५ वटै खेलमा नेपालविरुद्ध प्रभावशाली जित निकालेको छ।

यस्तै बिहान सवा ११ बजे नै शुरु हुने अर्को खेलमा समूह ए का भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली आज लगातार दोस्रो जितको लक्ष्यमा मैदान उत्रिने छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?