च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो म्यानचेस्टर युनाइटेड

काठमाडौं । म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ।

गएराति आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको समूहको अन्तिम खेलमा बायर्न म्युनिखसँग १–० गोलले पराजित भएपछि युनाइटेडको यात्रा समाप्त भएको हो।

नकआउट चरणमा स्थान सुरक्षित गर्न बुन्डेसलिगा च्याम्पियन बायर्नलाई हराउनै पर्ने थियो। यसै समूहको अर्को खेल गालातासारे र कोपनहेगन बीचको खेल बराबरीमा सकिनु पर्ने थियो। तर दुवैको नतिजा युनाइटेडको पक्षमा आएन। बार्यन यसअघिनै समूह ‘ए’ को विजेताका रुपमा अन्तिम १६ मा पुगिसकेको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ह्यारी मग्वावेर र लुक सअ चोटग्रस्त हुँदै ब्रेक अघिनै मैदान बाहिरिएपछि युनाइटेड दबाबमा आयो । ७० औं मिनेटमा किङस्ले कोमनले गोल गर्दै बायर्नलाइ अग्रता दिलाएका थिए। उनले हेरी केनले पासमा गोल गरेका थिए।

बायर्न ६ खेलबाट १६ अंकका साथ तालिकाको शीर्ष स्थानमा रह्यो। कोपनहेगन उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ। गएरातिनै भएको खेलमा अन्तिम समयमा दश खेलाडीमा समेटिएको गालातासारेलाई १–० गोलले हराएको हो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?