भुमहीमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न

सुनवल पश्चिम नवलपरासीको सुनवल -१२ भुमहीमा प्रथम रामनगर प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता समितिको आयोजनामा सम्पन्न प्रतियोगिता बुटवल डोजाङ्गले प्रथम स्थान हासिल गरेको छ । क्यारोगीपुम्से गरि दुई विधाको प्रतियोगितामा बुटवलले १४ स्वर्ण, २ रजत १ काश्य पदक सहित प्रथम भएको हो ।

त्यसैगरी तिलोत्तमा डोजाङ्गले ७ स्वर्ण ६ रजत र ३ काश्य गरि दोस्रो स्थान हासिल गरेको छ । त्यसैगरी ६ स्वर्ण ३ रजत र १५ काश्य गरि हाइकिकर डोजाङ्ग परासीले तेस्रो स्थान हासिल गरेको प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताका अध्यक्ष तपनकुमार केवटले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ रामनगर डोजाङ्का अकित सहानी प्रतियोगिताको वेस्ट क्यारोगी घोषित भएका थिए भने महिलातर्फ वेस्ट क्यारोगी बुटवल डोजाङकी खेलाडी अनुश्का तामाङ घोषित भएकी छिन ।

प्रतियोगिताका विभिन्न उमेर समुहका प्रथम दोश्रो र तेश्रो विजेता खेलाडीले मेडल र प्रमाणपत्र पाएका छन् । लुम्बिनी प्रदेश भित्रका ८ जिल्लाका विभिन्न २१ डोजाङ्को सहभागिता रहेको प्रतियोगितामा १२ वर्ष माथिका उमेरका समुहका पुरुष तथा महिला गरि २ सय ८५ खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रदेश सांसद खड्ग बस्नेतको पहल र प्रदेश सरकारको सहयोगमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको आयोजना गरेको उक्त प्रतियोगिता तिन दिनसम्म भुमही स्थित रामनगर तेक्वान्दो एकेडेमी हलमा सञ्चालन गरिएको भएको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?