स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश र भिजिबल इम्प्याक्ट विच समन्वयात्मक बैठक सम्पन्न

सागर परियार,
अर्घाखाँची । बुधवार लुम्बिनी प्रदेशको भालुबाङ रहको स्वास्थ्य निर्देशनालयमा भएको बैठकमा सम्पन्न भएको छ । 

यौन तथा प्रजनन स्वास्थ्य अधिकार, किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी निर्देशिका र अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी निर्देशिकामा ब्यापक छलफल भएको थियो ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका कार्यक्रम समन्वय तथा जनसंख्या शाखाका कौशल भण्डारीले किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी निर्देशिकाको बारेमा जिल्ला भर सबैलाई पठाई अभिभुखिकरण पनि गरि सकिएको जानकारी दिएका थिए । साथै उनले अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी निर्देशिकाको बारेमा प्रदेश स्तरमा अभिभुखिकरण भएको भए पनि जिल्ला स्तरमा पुग्न नसकेको र अव छिट्टै त्यो पुग्ने पनि बताए ।  

भिक्याट (VCAT) स्वास्थ्य सेवा प्रदायकहरुलाई भैसकेको र जिल्लामा पनि यस सम्बन्धी बजेट भएकोले लुम्बिनी प्रदेशका पत्रकारहरूका लागी भिजिबल इम्प्याक्टले तालिम दिनको निम्ती पनि अनुरोध गरेका थिए ।

भिजिबल इम्प्याक्टको स्थापना र अहिले सम्म गरेका कामको बारेमा अनुदान अधिकृत अनुसा पराजुलीले जानकारी दिइन् । त्यस्तै अनुगमन मूल्यांकन अधिकृत उर्जा हुमागाईँले किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी निर्देशिका र अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी निर्देशिकाको बारेमा जानकारी गराउँदै सेवा प्रवाह कार्यन्वयनमा यो अतिनै महत्वपूर्ण रहेकोले  लुम्बिनी प्रदेशमा यसको कार्यन्वयनमा भिजिबल इम्प्याक्ले सहयोग गर्न तयार रहेको भन्दै जानकारी दिन आग्रह गरीन्

खास गरि मुस्लिम समुदाय, दलित समुदाय र ग्रामीण भेगमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा अझैपनि जानकारी नै नभएकोले यस क्षेत्र तिर केन्द्रित भएर सचेतनाका कार्यक्रमहरू गर्नको लागी बैठकमा सहभागी अनुरोध गरेका थिए । त्यस्तै लुम्बिनी प्रदेशमा युथ च्याम्पियनहरूले गरेका काम र आगामी गतिविधिहरूको बारेमा च्याम्पियन प्रवेश पौड्यालले जानकारी दिएका थिए भने कार्यक्रम युथ च्याम्पियन कुशल डुम्रेको सञ्चालनमा सम्पन्न भएको थियो ।

भिजिबल इम्प्याक्ट वि.सं. २०७२ मा स्थापना भई युवाद्वारा नेतृत्व गरिएको संस्था हो । जसले महिला, किशोरी, र युवालाई लक्षित गरि उनीहरूको स्वास्थ्य अधिकार र क्षमता वृद्धिमा काम गरि रहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?