रुपन्देहीमा निजी क्षेत्रको लगानीमा बनिरहेकाे क्रिकेट रङ्गशाला फागुनदेखि सञ्चालनमा आउने

बुटवल । रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला आउँदो फागुनदेखि सञ्चालनमा आउने भएको छ ।

तिलोत्तमा नगरपालिकामा निर्माणाधीन क्रिकेट रङ्गशाला फागुन १ गतेदेखि प्रतियोगिता खेलाउनका लागि तयार हुने भएको हो । यो रङ्गशाला अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आईटी कम्पनीले निर्माण गरिरहेको छ ।

आज बिहीवार भएको पत्रकार सम्मेलनमा एक्स्ट्राटेक ओभल प्रालीका निर्देशक विनोद कुँवरले निर्माणाधीन क्रिकेट रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको बताए । उनले मैदानमा सात वटा पिच रहेको र फागुन १ गतेदेखि प्रतियोगिताका लागि योग्य हुने बताए।

रङ्गशलामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुम निर्माणको काम आउँदो माघदेखि शुरु गर्ने पनि निर्देशक कुँवरले बताए । सबै रुमको काम आउँदो वैशाखसम्म सकिसक्ने उनले बताए । रङ्गशालामा तत्कालका लागि दर्शक सिट पाँच हजार क्षमताको बनाउने र अन्य कृत्रिम बस्ने ठाउँ बनाइने उनको भनाइ छ । आउँदो दशैँसम्ममा रङ्गशाको सबै काम पूरा हुने उनले प्रतिबद्धता जनाए ।

रङ्गशाला आउँदो वैशाख सम्ममा निर्माण सक्ने लक्ष्य राखिएको थियो । क्रिकेट रङ्गशालाको ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । अहिलेसम्म पाँच करोड रुपैयाँ खर्च भएको निर्माण कम्पनीले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?