नेपाल इन्भेष्टमेण्ट मेगा बैंक मालारानी शाखाद्वारा ‘वित्तिय साक्षरता’ कार्यक्रम सम्पन्न

महेश भुसाल, अर्घाखाँची । मालारानी गाउँपालिका वडा नं. ३ खनदह अर्घाखाँचीमा रहेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शाखा कार्यालयले ‘वित्तिय साक्षरता’ कार्यक्रम सम्पन्न गरेको छ । शाखाले कालिका ने.रा. माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम शुक्रबार सम्पन्न गरेको हो ।

कार्यक्रमको सहजिकरण नेपाल इन्भेष्टमेण्ट मेगा बैंक मालारानी शाखा प्रमुख मनिष आचार्यले गरेका थिए। कार्यक्रमको सहजिकरण गर्दै प्रमुख आचार्यले बचत, बचत परिचालन र लगानी, विभिन्न कर्जा, डिजिटल बैंकिङ्ग र यसबाट हुने संभावित जोखिम न्यूनिकरणका उपायहरुको चर्चा गर्नुको साथै नेपालमा भएका बैंक तथा वित्तिय संस्थाको वर्गीकरण र यिनका कार्यहरु जस्ता महत्वपूर्ण विषयहरू बुझी उचित निर्णय गर्न सक्ने क्षमता अभिबृद्धि गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताएका थिए ।

कार्यक्रममा कालिका ने.रा. मा बि का प्र.अ. भुवन खनालले विद्यार्थीहरुले वित्तिय साक्षरता सम्बन्धी ज्ञान प्राप्त गर्न पाउँदा थप शिक्षाका गतिबिधि साथै विद्यार्थीहरुले किताबी ज्ञान मात्र नभएर कहिलेकाही व्यवहारीक सिकाईका कार्यक्रमले थप ज्ञान प्राप्त हुने बताएका छन् ।

कार्यक्रममा शिक्षक माधब भुसाल र बसन्त चौहानले कार्यक्रम ब्यबस्थापन र बिशेष धन्यवाद ब्यक्त गरेका थिए। मालारानी स्थित खनदहमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गुणस्तरीय बैङ्किङ मार्फत आफ्ना ग्राहक लाई सुबिधा दिईरहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?