महिलाको हत्या गरी फरार अर्घाखाँचीका एक पुरूष पक्राउ

बुटवल । हत्याको अभियोगमा फरार अभियुक्त ७ वर्षपछि पक्राउ परेका छन् ।

महिलाको हत्या गरी सुन र पैसा लुटेर फरार भएका अर्घाखाँचीको शितगंगा नगरपालिकाका वडा नं. १४ का जगत विश्वकर्मा ७ वर्षपछि पक्राउ परेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । वि.सं. २०७४ पुस ३० गते काठमाडौँ महानगरपालिका १४ बल्खु भुवनेश्वरी मन्दिरपछाडि बोक्सी दह डाँडामा मकवानपुरकी ५० वर्षीया अप्सरा भनिने नारायणी तिमिल्सिना टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा मृत फेला परेकी थिइन् । नारायणीको हत्या आरोपमा उनलाई पक्राउ गरीएको छ ।

प्रहरी अनुसन्धानका क्रममा नारायणीको हत्या धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ सल्ले पोखराका ४६ वर्षीय शिवराम अधिकारी र अर्घाखाँचीका जगत विश्वकर्माले गरेको खुलेको थियो ।

त्यसपछि प्रहरीले उनीहरुको खोजीकार्य गर्दा शिवराम वि.सं. २०७९ कात्तिक २९ गते फेला परेका थिए। चोरीको घटनामा पक्राउ परेर केन्द्रीय कारागार सुन्धारामा रहेका बेला उनी ती महिलाको हत्या पनि संलग्न रहेको रहस्य खुलेको थियो।

प्रहरी अनुसन्धानबाट खुलेको विवरणअनुसार नारायणी सामान्य मजदुर थिइन्। उनको चिनजान शिवरामसँग थियो। चिनजानको क्रममा शिवरामले नारायणीलाई भू.पू. सैनिकसँग बिहे गराइदिने प्रलोभन दिएका थिए । सोही योजनाअनुसार शिवरामले वि.सं.२०७४ पुस २९ गते नारायणीलाई श्रृङ्गार गरी १५/२० हजार पैसा लिएर माछापोखरी आउन भनेका थिए।

सोही दिन दिउँसो २ बजेतिर माछापोखरीमा तीन जना भेट भएका थिए । उनीहरु त्यहाँबाट चक्रपाथको गाडी चढेर बल्खु पुगेका थिए। उनीहरु गाडीबाट बल्खुमा ओर्लिएर ललितपुरको कुसन्ती गई खाना खाएर बल्खु क्षेत्रमा फर्किएका थिए।

बल्खु फर्किएपछि शिवराम र नारायणीसँगै सुतेका थिए । भने, जगत माथि डाँडामा बसेर कोही आउँछ कि भनेर हेरिरहेका थिए। करिब २÷३ घन्टापछि जगत तल पुग्दा शिवरामले नारायणीको टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरेका थिए । त्यसपछि जगतले पनि सोही ढुङ्गाले नारायणीको टाउकोमा २/३ पटक हानेका थिए।

त्यसपछि उनीहरुले महिलाले लगाएको सुनको मुन्द्री र ६/७ सय पैसा लिएर गोंगबुस्थित कोपिला गेस्ट हाउसमा फर्किएका थिए । त्यसको भोलिपल्ट नयाँ बसपार्कबाट उदयपुरको बसमा चढी कटारी हुँदै भारततिर भागेका थिए ।

यसरी महिलाको हत्या गरी फरार भएका दुईमध्ये शिवराम गत वर्ष केन्द्रीय कारागारमा भेटिएको भएपनि जगत फरार थिए। बुधबार भारतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किँदै गरेका जगतलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो।

उनलाई सजाय भुक्तानको लागि कारागार चलान गरिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?