काठमाडौं ।
विश्व हिन्दु युवा संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न माग गरेका छन्। संघका अध्यक्ष ऋषिकेश जंग शाहले एक विज्ञप्ति निकाल्दै मन्त्रीबाट मात्रै नभइ सांसद पदबाट समेत हटाउनुपर्ने माग गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ-क्रिस्चियनलाई मान्दिन भत्रेहरु देशद्रोही हुन्, तिनिहरुलाइ हतकडी लगाएर जेल हाल्ने हो। सुदन किराँतीको यो अभिव्यिक्त संविधानको धारा १७, १८, २४, २६, ३२ लगायतको विरुद्ध छ यस्तालाई मन्त्री मात्र होइन, सांसद पदबाटै च्युत गरिनुपर्छ।
विमानस्थलमा करोडौँको घौटाला, ध्वजावाहक विमानमा भ्रष्टाचारमा नबोल्नै, अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयमा सुन लुकाउने दराजका विषयमा मौन बस्ने ३१ जनालाई छाडेर ध्वजावाहक उड्दा झुटो वक्तव्यवाजी गर्ने, जानकी मन्दिरको टायल र बत्तीमा भ्रष्टाचार बारै नबोल्ने गुठीको सम्पत्ति सबै मिलेर लुटेको धन्दा चलाउदा मौन बस्नेलगायतका उनका गतिविधि जनताले हेरिरहेका भन्दै हिन्दु युवा संघले आपत्ति जनाएको छ ।













