पाल्पामा टिपर दुर्घटना, एकजनाको मृत्यु, दुई घाइते

बुटवल । पाल्पाको रिब्दीकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ दुई जना गम्भीर घाइते भएका छन्।

बिहीबार बेलुकी सबा ८ बजेतिर रिब्दीकोट–२ लघुवामा दुर्घटना हुँदा वडा नम्बर ३ का ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको हो।

दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–३, का ३२ वर्षीय यमराज पुन र रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका ५ का ३५ वर्षीय हिमाल घर्ती गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। तानसेनस्थित मिसन अस्पतालमा उनीहरूको उपचार भइरहेको छ।

गुल्मीबाट पाल्पातर्फ आइरहेको रा १ ख २४०४ नम्बरको टिपर सडकबाट १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

टिपर चालक घोराही–१६ का अजय चौधरी भने सकुशल रहेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?