कपिलवस्तु सहित नेपाललाई विश्व सामु चिनाउन सफल भएका ‘जिवन गिरी’

कपिलवस्तु । कपिलवस्तु जिल्ला हुदैँ नेपाललाई नै विश्वमा चिनाउन सफल भएका जिवन गिरी १० औं वल्र्ड स्ट्रेन्थिलिफ्टिङ च्याम्पिएनसिपमा गोल्ड मेडल हासिल गरेका छन । २०२३ मा छिमेकी देश भारतमा आयोजित १० औं वल्र्ड स्ट्रेन्थिलिफ्टिङ च्याम्पिएनसिपमा गोल्ड मेडल विजेता हुन जिवन गिरी ।

पिता ओम गिरी र आमा प्रेम कुमारी गिरीको कोखबाट जन्मिएका गिरी परिवार सहित कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं. २ स्थित जिल्ला प्रहरी कार्यालय नजिकै बस्दै आएका उनी सन १९९९ मा नेपालकै सबैभन्दा ठूलो खेलमा ‘मि धर्म’ विजेता भएका थिए । बडीविल्डिङमा सन १९९९ मा मेडल भित्र्यिाएका उनी एसियाको पावर लिफटिङ एसोसिएसनको पुर्व उपाध्यक्ष समेत भइसेका छन ।

सन २००० मा उनि ‘मिस्टर नेपाल’ को उपाधि हासिल गरे । पावर लिफटिङको अन्र्तराष्ट्रिय जज भएर समेत उनी काम गरीसकेका छन । स्ट्रेन्थिङ लिफटिङ फेडिसेसन, नेपालको संस्थापक हुदैँ नेपालबाट विश्व सदस्य समेत भएर नेपाललाई चिनाएका छन । उनी क्रिजिस्तानमा वल्र्ड च्याम्पिएनसिप मा दोश्रो उपाधी प्राप्त गरीसकेका छन । उनी वल्र्ड च्याम्पिएनसिपमा युएसए र भारतलाई हराउदैँ प्रथम भएका थिए ।लुम्बिनी प्रदेश नं. ५ बाट पनि रत्न पुरस्कारबाट समेत सम्मानित भईसकेका छन ।

साधारण परिवारमा हुर्किएका उनी लिफ्टिङमा सानै देखि रुची राख्दै आएको भएपनि उनकै गाँउठाँउले साथ सहयोग नगरेपछि विभिन्न खुट्किला पार गर्दै उनी जिल्ला, प्रदेश, देश हुदैँ विश्वमै आफ्नो नाम कमाएका छन ।

उनी सानै देखि आफ्नो समाज, देश तथा विदेशमा आफुलाई कसरी चिनाउ भन्ने सोचका साथ अगाडि बढ्न चाहन्थिए । देशलाई चिनाउन उनी कराटे खेल्दाथिए । तर समय संगै उनी वेट लिफ्टिङमा रुची राख्न थाले । जस पश्चात उनको मनमस्तिष्कमा वेट लिफ्टिङ छायो । यसै सिलसिलामा उनी देश तथा विदेशमा हुने प्रतियोगितामा सहभागी हुने अवसर समेत पाए । एक पछि अर्को उतारचढाउको सिडी चढ्दै विभिन्न उपाधी समेत हासिल गर्न सफल भए । सरल र मिलनसार स्वभावका उनको यस सफलताको पछाडी परिवारको ठूलो भूमिका रहेको उनले बताए । तर वेटलिफ्टिङमा आफ्नो सुरुवातमा जिल्लास्तरमा कदर नभएपनि कपिलवस्तु जिल्लालाई विश्व सामु चिनाउन सफल भएका छन ।

जिल्ला तथा देशलाई विश्वसामु चिनाउन युवा पुस्तालाई स्थानीय, प्रदेश र संघीय सरकारको समेत अहम भुमिका हुन्छ । युवा पुस्ताको रुची तथा प्रतिभालाई उचित कदर तथा मुल्यांकन समेत गर्न सक्नुपर्दछ । यो परिवार वा सामाजको जिम्मेवारी मात्रै नभई सरकारका विभिन्न अंगहरुको समेत साझा जिम्मेवारी हो । तसर्थ कपिलवस्तु जिल्लाका विभिन्न निकायले समेत यस्तो प्रतिभाको उचित मुल्यांकन तथा सम्मान गर्नुपर्दछ ।

आफ्नो स्तरबाट कपिलवस्तुका प्रत्येक निकायले गिरीलाई सम्मान गर्नुपर्ने कपिलवस्तु जिल्लाबासीहरुको भनाई रहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?