छुवाछुत कहिलेसम्म ?

कोठा नपाउने, पाएको कोठाबाट पनि निकालिनु पर्ने, भान्सामा पसेको भनेर निर्घात कुटपिट हुने खालका छुटपुट घटना त सुन्दै आएको हो तर हालै मात्र एउटा घटना बाहिरिएको छ जसले समाजमा छुवाछूतको जराले दर्‍हो सँगै समातेको स्पष्ट पारेको छ ।

यसो त छुवाछुत भन्ने बित्तिकै आङ नै सिरिङ्ग हुने नवराज बिकको घटना सबैलाई याद आउने घटना हो । मुगुको सोरु गाउँपालिका–९, खनैयाँमा स्वास्थ्य चौकीकी अनमि तुलसाकुमारी विश्वकर्मा छुवाछूत र अपमान त गरियो नै साथमा उनले दिएको औषधिसमेत बिरामीलाई नचल्ने भयो । उनी उक्त पीडा सहन नसकेर जागिरै छाड्ने मनसायमा पुगेकी थिइन । उनीमाथि बिभेद १ वर्ष अघि देखि नै सुरु भएको हो । दाङ, तुलसीपुरकी उनी कर्णाली प्रदेश लोकसेवा आयोगको सिफारिसमा नियुक्ति लिएर गत वर्ष माघमा खनैयाँ पुगिन्, तब दुर्व्यवहारको शृंखला सुरु भयो । दलित भएको थाहा पाएपछि डेरामा बस्न समस्या भयो । औषधि त चलेन नै, किनमेल गर्दा छोइन्छ भनेर सामान र पैसा भुइँमा राखेर लिनुदिनुपर्‍यो । सही नसक्नु भएपछि उनले सरुवाका लागि पहल गरिन् तर सुनुवाइ भएन । उनी उक्त पीडा सहन नसकेर जागिरै छाड्ने मनसायमा पुगिन । जब सार्वजनिक भयो, उनी उल्टै असुरक्षित हुनुपर्‍यो । प्रहरी र जनप्रतिनिधिले उद्धार गरेर उनलाई सदरमुकाम पुर्‍याएका छन् । सरकारी कर्मचारीले नै यति निकृष्ट व्यवहार सामना गर्नुपर्ने समाजमा सर्वसाधारण दलित समुदायको हबिगत कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ ।

बासस्थान देखि कार्यालयसम्म उनले पाएको उत्पीडन त निन्दनीय छ नै उत्तिकै दण्डनीय पनि छ । यस्तो घृणित विभेदपूर्ण कार्यमा जजसको संलग्नता छ, उनीहरू सबै कानुनी कारबाहीका हिस्सेदार हुन् र हुनैपर्छ।

‘छुवाछूतमुक्त राष्ट्र’ घोषणा भएको १७ वर्ष, जातीय आधारमा कसैलाई पनि भेदभाव गर्न नपाइने भनेर मुलुकी ऐनमा लेखिएकै ६ दशक बितिसक्दा पनि यस्ता घटना हुनु र यिनले प्रसय पाउनु आफैमा निन्दनीय कार्य हो । यसो त समयको परिवर्तन सँगै नेपाली समाजमा जातीय छुवाछुत बिस्तारै कम हुँदै आएको छ । यसको मतलव सबै समयसँगै परिवर्तन हुन्छ भन्दैमा यस्ता घटनाको नजरअन्दाज गरिनु पनि हुँदैन ।

छुवाछूतलाई समाजबाट निर्मूल पार्न सजाय हुने व्यवस्थासहितको छुट्टै कानुन बनेको पनि १२ वर्ष बितेको छ । यो बिचमा तुलसाले जस्तो अपमान र हिंसा हजारौँले भोग्नु परेको छ । छुवाछुत कै कारण ज्यान समेत गुमाउनु परेको छ ।

जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ मा जातीय तथा अन्य सामाजिक छुवाछूत वा भेदभाव कार्यमा मद्दत गर्ने, उक्साउने वा त्यस्तो प्रयास गर्नेलाई पनि सजाय हुने भनिएको छ । छुवाछूत वा भेदभावको कसुर गरे दुई महिनादेखि ३ वर्षसम्म कैद र २० हजार रुपैयाँदेखि २ लाख रुपैयाँ जरिवाना तथा उक्साउने वा त्यस्तो उद्योग गर्नेलाई मुख्य कसुरदारलाई हुने सजायको आधा हुने कानुनी व्यवस्था छ । कसुरमा सजाय पाएको व्यक्तिले पुनः उस्तै कसुर गरे दोब्बर सजाय हुन्छ । यस्तो कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ ।

तुलसामाथि भएकाे घटनाले नेपाली समाजको सोचलाई बयान गरिरहेको छ । यद्यपि यो सबैमा लागू नहोला । छुवाछूत निर्मूल पार्न अझ धेरै पहलकदमी आवश्यक छ । यस्तो बिभेद गर्नेलाई कानुन सम्वद्ध हदैसम्मको कारवाही हुनु पर्छ । समाजमा यस सम्बन्धी सचेतना फैलाउन जरुरी छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?