कपिलवस्तु : उद्योग व्यापार संघद्वारा प्रजिअ अर्याललाई स्वागत

कपिलवस्तु । नवआगन्तुक कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जिल्लाको समग्र शान्ति सुरक्षाको लागि आफू गम्भिर रहेको बताएका छन् । उनले सिमा सुरक्षा देखि हरेक तवरबाट संवेदनशील रहेको जिल्लामा आफूले प्रजिअको भूमिका पाएको भन्दै यसलाई गम्भीरताका साथ लिएको बताए ।

आइतबार कपिलवस्तु उद्योग ब्यापार संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अर्यालले आएको छोटो समयमै धेरै सङ्घसंस्थाले आफूलाई स्वागत गर्दै सहकार्यको लागि आह्वान गरेको भन्दै खुसी समेत व्यक्त गरे । कपिलवस्तु जिल्ला खुला सिमानाका भएको जिल्ला रहेकाले सिमा नाकामा आइपर्ने समस्या समाधान गर्नमा सबैले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।

त्यस्तै उनले लागूपदार्थ दुर्व्यसनीको समस्यालाई धेरैले उठाइरहेको भन्दै उक्त समस्या समाधान गर्न सर्वप्रथम परिवार र समाजबाट महत्वपूर्ण कदम चाल्नुपर्ने बताए । लागूपदार्थ ओसारपसार र बेचबिखनको सन्दर्भमा आफू सचेत रहेको उनको भनाई छ ।

त्यस्तै संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले संघले गरेका कामहरूको चर्चा गर्दै संघको परिचय गराएका थिए । उनले समग्र जिल्लाको विकासको लागि निजी क्षेत्रका उद्योगी व्यवसायीहरू सरकारसँग सहकार्य गर्न तयार रहेकोले त्यस्तो वातावरण सिर्जना गरिदिन आग्रह गरे ।

त्यस्तै संघका संरक्षक टोपनारायण बेलबासे र पूर्व अध्यक्ष हुमानाथ पौडेलले कपिलवस्तुमा खुला सिमानाकाका कारण आउने चुनौतीलाई उत्कृष्ट ढङ्गबाट समाधान गर्ने बिश्वास व्यक्त गरे । त्यस्तै उद्योगी व्यवसायीका समस्या समाधानमा पनि प्रशासनिक तवर बाट सहयोग गरिदिन आग्रह गरे । त्यस्तै उनीहरूले बाणगङ्गा सहित कपिलवस्तुमा लागूऔषध दुर्व्यसनी समस्या टड्कारो बनिरहेको भन्दै उक्त समस्यामा देखिनेगरी काम गर्न आग्रह गरे ।

सोही कार्यक्रममा संघका सञ्चालक समिति पदाधिकारी, संघका सदस्य लगायतलाई गाय छाप ब्रान्डको उत्पादक एरियल उद्योगका सञ्चालक कलामुद्दिन मुसलमानले ५० ज्याकेट उपलब्ध गराएका थिए ।

पेशागत महासङ्घका जिल्ला अध्यक्ष बाबुराम पोख्रेल, संघका वित्त सल्लाहकार, प्रेम राज घिमिरे, सिया आर्ट एण्ड क्राफ्टका सञ्चालक विनय त्रिपाठी, संस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

No description available.

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?