राष्ट्रिय सभा निर्वाचन : कैफियत खुलाएर केन्द्रमा पठाउने कांग्रेस लुम्बिनीको निर्णय

दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले राष्ट्रिय सभाको निर्वाचनका लागि कैफियत खुलाएर केन्द्रमा उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ ।  

दाङमा रहेको नेपाली कांग्रेसको प्रदेश कार्यालयमा आज बसेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको बैठकले  राष्ट्रिय सभाका लागि जिल्लाबाट आएका उम्मेदवारको नाममा कैफियत खुलाएर सबै नाम  सिफारिस गर्ने निर्णय गरेको कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता प्रचण्ड बिक्रम न्यौपानेले जानकारी दिए । 

पूर्वी रुकुम बाहेक प्रदेशका ११ वटै जिल्लाबाट सिफारिस भएर आएका १ सय २३ जना उम्मेदवारको नाम सबै केन्द्रमा सिफारिस गर्ने  तर सबै उम्मेदवारको हालको अवस्था, गत निर्वाचनमा खेलेको भूमिका लगायतका पृष्ठभूमि खुलाएर मात्र नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुनको अध्यक्षतामा बसेको बैठकले सरकार र पाटी बिचको सम्बन्ध सुमधुर बनाएर लैजाने पनि निर्णय गरेको कांग्रेस सह महामन्त्री विष्णु प्रसाद खनाल (मुस्कान) ले  जानकारी दिए । 

बैठकमा लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली चौधरीको पनि सहभागिता रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?