कपिलवस्तु : शुद्धोधन-२ बालविवाह तथा जातीय छुवाछूत मुक्त वडा घोषणा             

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका – २ बालविवाह तथा जातीय छुवाछूत मुक्त घोषणा गरिएको छ । 

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, जनप्रतिनिधि तथा सरोकारवाला निकायले बालविवाह र छुवाछुत सामाजिक तथा कानुनी अपराध भएकाले  यसको अन्त्य हुनुपर्ने प्रतिबद्धता सहित हस्ताक्षर गरेर वडालाई बालविवाह र छुवाछुत मुक्त घोषणा गरिएको हो ।

घोषणा सभामा बोल्दै सभामुख घर्तीले बालविवाह तथा छुवाछुतलाई कानुनले वर्जित गरेपनि समाजमा अझै पनि देखिएको बताए । उनले घोषणा गरेर मात्र नहुने भन्दै व्यवहारमा उतार्नका लागी समुदायलाई सचेत गराउन पर्नेमा जोड दिए । उनले भने, “अब बालबालिकालाई मात्र होइन बुवा आमालाई पनि सचेत गराउनु पर्छ । कुरीतिलाई जरैबाट हटाउन विद्यालयमा अतिरिक्त पाठ्यवस्तु समावेश गर्न जरुरी छ ।” 

घोषणा समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य मधुसूदन शरण चौधरी, लुम्बिनी प्रदेश पूर्वमन्त्री सहसराम यादव, जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश आचार्यले मधेसमा सामाजिक विकासको लहर चल्न लागेको बताएका थिए । पालिकाका दुई वडामा बालविवाह र छुवाछुतमुक्त अभियान सफल भएको गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले बताए ।

यस्तै, अघिल्लो वर्ष वडा नम्बर १ बालविवाह र छुवाछुतमुक्त घोषणा गरिएको थियो । तीन वर्षभित्र गाउँपालिका बालविवाह र छुवाछुत मुक्त घोषणा गर्ने अभियान सञ्चालन गरिएको अध्यक्ष चौधरीको भनाइ छ ।

पालिकाको २ नम्बर वडा कार्यालय, बालविवाह तथा छुवाछुत विरुद्धको निगरानी समिति, किशोरकिशोरी सञ्जाल तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको अगुवाइमा बालविवाह तथा छुवाछुत मुक्त वडा घोषणा भएको वडा अध्यक्ष मनोज कुमार यादवले बताए । वडामा २०१९ मा १० प्रतिशत बालविवाहको तथ्याङ्क थियो ।

अघिल्लो वर्ष २ प्रतिशत र चालु वर्षमा बालविवाह शून्य रहेको सिद्धार्थ सामाजिक केन्द्रका कार्यक्रम संयोजन धनेश्वरी घर्तीले बताए । किशोरकिशोरी समूहको सक्रियतामा गत वर्ष जन्ती आएको विवाह रोक्न सफल भएको किशोर किशोरी सञ्जालका सदस्य पुनम थारूले बताइन

No description available.

No description available.

No description available.

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?