गठबन्धन जति फुटाउन खोज्यो झन् बलियो हुन्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गरेका छन्।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका ताकुकोटमा भएको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले जसले जति बल गरे पनि गठबन्धन नटुट्ने जिकिर गरे।

‘मंसिरको पहिलो हप्ता त आकाशै खस्छ कि, धर्ती नै भासिन्छ जस्तो गरी एकथरी मान्छेले होहल्ला गरे। जनतालाई पनि के हुन लाग्यो भन्ने पर्‍यो। हामी हेर्छौं कहीँ केही देख्दैनौं। तर होहल्ला भएको भएकै छ।’ दुर्गा प्रसाईं समूहको आन्दोलनप्रति लक्षित गर्दै उनले भने, ‘हामीले बढो धैर्यता र दृढताका साथ त्यसलाई विफल तुल्याइयो।

त्यसपछि हुन खोजेका अरू धार्मिक जातीय तथा अतिवादी सोच र प्रवृत्तिलाई पनि आफूहरूले परास्त गरेको प्रचण्डको दाबी छ ।

‘म अहिले गर्वका साथ भन्छु जति षडयन्त्र भइरहेका छन्। हाम्रो गठबन्धन अझ बलियो र सुदृढ हुँदै गएको छ। र यो गठबन्धन पाँचै वर्ष जान्छ।’ प्रचण्डले भने, एक वर्षमा त यति धेरै काम भयो भने अर्को ४ वर्ष यो गठबन्धन हुँदा हामीले ठूलठूला सफलता प्राप्त गर्न सक्छौँ भन्ने मलाइ विश्वास छ।’

उनले आफ्नो सरकारले गरेका काम लुकाएर जताततै अँध्यारो मात्रै देखाउने तत्व सक्रिय रहेको जिकिर गरे।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?