कपिलवस्तु : करिव एक सय क्युन्टल अवैध चामल बरामद

कपिलवस्तु । जिल्लाको इप्रका कृष्णनगरले ९९ सय क्युन्टल ५० किलो अवैध चामल बरामद गरेको छ । कृष्णनगर नगरपालिकाको वडा नम्बर ४ महदेवाबाट वेवारिसे अवस्थामा राखेको ४९ क्युन्टल ५० किलो र महदेवाबाट ५० क्युन्टल अवैध चामल प्रहरीले बरामद गरेको हो ।  

कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीका अनुसार तस्करले भारतबाट नेपालतर्फ चोरी निकासी गरी ल्याउँदै गरेको अवस्थामा उक्त अवैध चामल नियन्त्रणमा लिएको हो । कृष्णनगर नगरपालिका –४, महादेव बस्ने ट्रयाक्टर चालक सुकई केवटले लु ३ त ९५०४ नम्बरको ट्रयाक्टरबाट १०० बोरा अवैध चामल ल्याउँदै गर्दा ट्रयाक्टर सहित नियन्त्रणमा लिएको प्रहरी निरीक्षक ओलीले बताए । 

बरामद गरिएको चामलको मूल्य ३ लाख ४८ हजार २ सय  ५० रुपियाँ बराबर रहेको प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए । प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले सो अवैध चामल सहित ट्रयाक्टर नियन्त्रण लिएको हो । बरामद गरिएको अवैध चामल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कृष्णनगर कपिलवस्तुमा पठाइएको प्रहरीले जनाएको छ । 

नेपालले चामल आयातमा प्रतिबन्ध लगाएपछि पछिल्लो समय चामलको तस्करी मौलाएको छ । तस्करले अवैध रुपमा दिनहुँ चोरी निकासी गरिरहेको स्रोतले जनाएको छ । चामलको तस्करी मौलाउँदै जाँदा प्रहरीले गस्ती टोलीलाई निगरानी बढाउन सक्रियता देखाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?