अर्घाखाँचीमा कार दुर्घटना, एक जना घाईते

बुटवल । अर्घाखाँचीमा कार दुर्घटना भएको छ । दुर्घटनामा परि एक जना घाईते भएका छन् । 

बिहीवार जिल्लाको पाणिनि गाउँपालिकादेखि सन्धिखर्क जाँदै गरेको लु ३ च ८८७ नम्बरको कार सन्धिखर्क नगरपालिका ४ तीनथुप्रेमा दुर्घटना हुँदा चालक पाणिनि गाउँपालिका १ पणेनाका अर्जुन पोख्रेल घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

कार सडकदेखि अन्दाजी ५० मिटर तल खोलामा खसेको थियो । कारमा चालक पोख्रेल सहित वालवालिका २ जना सवार थिए । दुबै बच्चाको अवस्था भने सामान्य रहेको छ । घाईते पोख्रेललाई छातिमा समस्या देखिएपछि थप उपचारका लागि श्री एयरलाइन्सको हेलिकप्टरबाट मेडिसिटी अस्पताल काठमाडौँ लगिएको छ ।

घाईते पोख्रेल पाणिनि गाउँपालिका दुर्गाफाँटमा रहेको सगुन एग्रो रिसोर्टका सञ्चालक तथा नेपाली कांग्रेस अर्घाखाँची प्रदेश सभा (ख) का उपसभापति पनि हुन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?