अर्घाखाँची । विद्युत प्राधिकरण अर्घाखाँची बितरण केन्द्रले शुभ श्री अग्नि सिमेन्टको लाइन काटेको छ ।
जिल्लाको सितगङ्गा नगरपालिका वडा नं. ८ जलुकेमा सञ्चालित शुभ श्री अग्नि सिमेन्ट उद्योगको लाइन काटिएको हो । विद्युत प्राधिकरणलाई तिर्नु पर्ने डेडिकेटेड एवम् ट्रंक लाइनबाट विद्युत उपयोग गरे बापतको रकम नतिरेपछि लाइन काटिएको नेपाल विद्युत प्राधिकरण अर्घाखाँची बितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए।
उनका अनुसार विद्युत प्राधिकरण अर्घाखाँची बितरण केन्द्रले पौष १३ गतेदेखि विद्युत लाइन काटेको हो । उक्त उद्योगले प्राधिकरणलाई करिब ४७ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको प्रमुख भट्टराईले जानकारी दिए ।













