पुर्व राजा ज्ञानेन्द्र शाहद्वारा कपिलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण

कपिलवस्तु । पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वी नारायण शाहको जंगी शालिक अनावरण गरेका छन ।

पश्चिमी जिल्लाहरुको भ्रमणमा रहेको उनले शिवराजन नगरपालिकाकाद्वारा २५ लाखको लागतमा निर्माण गरिएको शालिक रातो ब्यानर उघारेर शिलान्यास गरेका हुन्। सोक्रममा पूर्वराजा शाहले त्यही झन्डोत्तोलन समेत गरेका थिए। भैरहवामा रहेका शाह आफ्ना नाति ह्रदेन्द्रलाई समेतसँगै ल्याएका थिए। भैरहवा देखि बहादुरगंजसम्मको हुलाकी बाटो हुँदै उनी लगभग दिउँसो ३ बजे तिर खैरेन्द्रपुर पुगेका थिए।

खरैन्द्रपुर स्थित बालहंस सांगवेद गुरुकुलमा रहेको स्वर्णद्वारा आश्रममा पूजापाठ पछि उनले शालिक अनावरण गरेका हुन। पूजापाठका क्रममा बटुकहरुले स्वस्ति वाचन गरेका थिए। पूर्वराजा शाहले नागरिक अभिनन्द समेत ग्रहण गरेका थिए। पूर्वराजा र ह्रदेन्द्रलाई हेर्न खैरेन्द्रपुर चोकमा जनताको भीड लागेको थियो। आधा घण्टाको बसाई पछि उनी भैरहवा फर्केका थिए। नगरपालिकाले आयोजना गरे पनि सो कार्यक्रममा कांग्रेस, एमाले माओवादी, जसपा नेपालका तर्फबाट निर्वाचित कोही पनि जनप्रतिनिधि सहभागी थिएनन । राप्रपाको तर्फबाट मेयरमा निर्वाचित अजय थापाको विशेष पहलमा त्यहाँ पृथ्वी नारायण शाहको शालिक निर्माण भएको हो।

कार्यक्रममा पुर्व राजा ज्ञानेन्द्र शाहलाई हेर्न खचाखच जनता भरिएको थियो र राजतन्त्रको पक्षमा नाराबाजी समेत गरिएको थियो। मेयर थापाले पूर्वराजा वीरेन्द्र शाहको जन्मोत्सवको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको करकमलबाट शालिक शिलान्यास हुन आफैमा ऐतिहासिक क्षण रहेको बताए।

उनले बाइसे चौबिसे राज्यलाई एकीकरण गरी नयाँ नेपाल निर्माण गरेको पृथ्वी नारायण शाहलाई यो विशेष अवसरमा सम्मान दिन पाउँदा आफूलाई निकै खुसी लागेको बताए। ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?