मोरङ सुनसरी सेवा समाजको रक्तदान कार्यक्रम सम्पन्न

दोहा, कतार । मोरङ सुनसरी सेवा समाज कतारको आयोजनामा ‘बृहत् रक्तदान कार्यक्रम’ सम्पन्न भएको छ l  नेपाली रक्तदाता संघ, कतारको समन्वयमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर हमाद अस्पतालमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो l

कतारको सरकारी अस्पताल हमाद अस्पतालमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चलेको रक्तदानको शुभारम्भ समाजका अग्रज व्यक्तित्व द्रोण बस्नेतले गरेका थिए । कार्यक्रममा संघीय सांसद, पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम् नेकपा एमालेका सचिव गोकर्ण विष्टको विशेष उपस्थिति रहेको थियो l

कार्यक्रममा गैरआवासीय नेपाली संघ कतार , नेपाली महिला समाज कतार लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । १ सय ४७ जनाको उपस्थिति रहेको कार्यक्रममा ४४ जनाले रक्तदान गरेको समाजका अध्यक्ष भीम विश्वकर्माले जानकारी दिए । प्रवासमा रगत अभाव कै कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हेतुले अंग्रेजी नयाँ वर्षको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको उनले बताए । रक्तदान पुण्यको कार्य भएको र कतारमा क्रमशः विभिन्न संघ संस्थाहरूले पुण्यको कार्यलाई निरन्तरता दिएकोमा रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले खुशी व्यक्त गरेका थिए ।

 समाजका तर्फबाट रक्तदातालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । रक्तदान जस्तो पुण्यको कार्यमा सरिक भएका सम्पूर्णलाई आयोजक संस्थाले धन्यवाद तथा आभार प्रकट गरेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सन्ध्या अर्याल
लेखकको बारेमा

सन्ध्या अर्याल

अर्याल समाचारपोष्ट डटकमकी कतार ब्युरो प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?