आम निर्वाचन नजिकिँदै गर्दा बंगलादेशमा हिंसा भड्कियो

बंगलादेशमा आम निर्वाचन नजिकिँदै गर्दा हिंसा भड्किएको छ। आइतबार हुन लागेको आम निर्वाचनअघि राजधानी ढाका लगायतका विभिन्न शहरमा हिंसा भड्किएको अधिकारीहरूले जनाएका छन्।

शुक्रबार दिउँसो देशका विभिन्न शहरमा प्रदर्शन गरेका प्रदर्शनकारीले राति राजधानी ढाकामा रेलमा आगजनी गरेका छन्, जसमा पाँचजनाको मृत्यु भएको छ भने कैयौँ व्यक्ति घाइते भएका छन्। दुई हप्ताअघि पनि एक रेलमा आगजनी हुँदा ४ जनाको मृत्यु भएको थियो। बंगलादेशमा आइतबार १२ औँ आम निर्वाचन हुँदैछ। जसमा झण्डै १५ वर्षदेखि प्रधानमन्त्री रहेकी शेख हसिना पाँचौ पटक प्रधानमन्त्री पदको दाबेदार छिन्।

आफ्नो प्रधानमन्त्रीकालमा विपक्षी दलका प्रभावशाली नेतालाई विभिन्न आरोपमा जेल हालेकी हसिना पुनः प्रधानमन्त्रीको दौडमा रहँदा विपक्षीले निर्वाचन बहिस्कारको घोषणा गरेका छन्।

सन् २००९ देखि देशको प्रधानमन्त्री रहेकी शेख हसिनाले विपक्षी दलकी नेतृ तथा पूर्वप्रधानमन्त्री खालिदा जिया र उनका छोरा तारिक रहमानमाथि विदेशी बैंकमा पैसा जम्मा गरेको आरोप लगाउने गरेका छन्। विपक्षी दलहरूले भने प्रधानमन्त्री हसिनाले शक्तिको दुरुपयोग गरेको र अनियमिता गरेको आरोप लगाउँदै आएका छन्।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?