Home खेलकुद राेहित शर्मा र विराट काेहली टी–२० टाेलीमा फर्किए

राेहित शर्मा र विराट काेहली टी–२० टाेलीमा फर्किए

0
राेहित शर्मा र विराट काेहली टी–२० टाेलीमा फर्किए

अफगानिस्तानसँगकाे टी–२० शृङ्खलाका लागि राेहित शर्मा र विराट काेहली टाेलीमा फर्किएका छन् ।

भारतीय क्रिकेट कन्ट्राेल बाेर्ड (बीसीसीआई) ले अफगानिस्तानसँगकाे तीन खेलकाे टी–२० शृङ्खला घाेषणा गर्दै राेहित र विराट टाेलीमा फर्किएका जानकारी दिएकाे हाे । राेहित र विराटले भारतका लागि पछिल्लाे पटक सन् २०२२ नाेभेम्बर १० मा अस्ट्रेलियामा टी–२० खेलेका थिए ।

तीन खेलकाे टी–२० शृङ्खला यही जनवरी ११ देखि शुरु हुँदैछ । दाेस्राे खेल १४ र तेस्राे खेल जनवरी १७ मा हुनेछ । तीन खेलकाे शृङ्खलाका लागि अफगानिस्तानकाे टाेली भारत आउनेछ । अफगानिस्तानले यसअघि नै टाेलीकाे घाेषणा गरिसकेकाे छ ।

यस्ताे छ भारतीय टाेली–

राेहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जयसवाल, विराट काेहली, तिलक वर्मा, रिङ्कु सिंह, जितेश शर्मा, सन्जु सामसन, शिवम् दुबे, वाशिङ्टन सुन्दर, अक्षर पटेल, रवि विश्नाेई, कुलदीप यादव, अर्शदीप सिंह, आवेश खान र मुकेश कुमार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here