सांसद विष्टकाे स्विकारोक्ति : नेताहरूकै कारण देशको प्रगति हुन सकेन

कतारमा सांसद गोकर्ण विष्टसँग स्नेह मिलन कार्यक्रम

दोहा, कतार । लुम्बिनी प्रदेश समन्वय परिषद् कतारले पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा वर्तमान संघीय सांसद, नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टसँग स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको छ । प्रवासी नेपाली मञ्च कतारको १९औं स्थापना दिवसलाई सम्बोधन गर्न कतार आएका बेला परिषद्ले एक कार्यक्रमको आयोजना गर्दै स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको हो ।

लुम्बिनी प्रदेश भित्र रहेका सम्पूर्ण जिल्ला संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना र अपेक्षाकृत मन्तव्य राखेका थिए । श्रमिकले पाउने दुःखलाई नेपाल फर्केपछि नबिर्सन आग्रह गर्दै वक्ताहरूले विष्टले सम्हालेको मन्त्रालयमा राम्रा काम गरेकोप्रति आभार प्रकट गरेका थिए। युवाहरु प्रवाशिने लर्को रोक्न नसकेपनि सरकारले लागू गरेको मापदण्डभित्र रहेर कामदार पठाउन पहल गर्न आग्रह गरे ।

आफ्नो मन्तव्य राख्दै विष्टले कतारको भ्रमण आफ्ना लागि विश्वविद्यालय सावित भएको बताए । उनले नेताहरूकै कारण देशको प्रगति हुन नसकेको स्वीकार्दै जनताका न्यूनतम आवश्यकता नेताकै कारण पूरा हुन नसकेको बताए । आफू बच्चा हुँदा गाउँमा आउने नेतासँग जनताले पानी माग्ने गरेको स्मरण गर्दै उनले आजपनि जनताले नेतासँग पानी नै माग्नु पर्ने अवस्था रहेको बताए ।

वक्ताहरूले दिएका सुझावहरुलाई आफूले नेपाल सरकारसमक्ष राख्ने बताउँदै उनले विकास गाउँमा पुगिरहेको बेला मानिसहरू शहरतिर बसाइँ सर्दा कृषिप्रधान देशले अर्बौंको अन्न आयात गर्नु परेकोमा दुःख व्यक्त गरेका थिए। विष्टले विभिन्न देशका करिब ४ लाख नागरिकले नेपालमा रोजगारी गरिरहेको बताउँदै ‘हामी रोजगारीकै निमित्त किन बाहिरिएका छौं’ भन्दै प्रश्न समेत गरेका थिए ।

उनले राजनितिक दलले एकले अर्कोलाई निन्दा र आलोचना नगरी काम र परिणामका आधारमा श्रेष्ठता स्थापना गर्नुपर्ने बताए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका विष्टले आयोजक टिमप्रति कृतज्ञता प्रकट गरे । मायाको चिनो, सम्मान पत्र र खादा ओढाएर आयोजकले विस्टलाई सम्मान समेत गरेको थियो ।

परिषद्का सचिव विकास गैह्रेले स्वागत मन्तव्य राखेको कार्यक्रममा परिषद्का संस्थापक, संरक्षक, सल्लाहकारहरू सहित लुम्बिनी प्रदेशवासीहरुको बाक्लो उपस्थिति रहेको थियो । महासचिव टेकराज थापाले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै परिषद्का कार्यवाहक अध्यक्ष तथा कार्यक्रमका सभापति डिल्लीराम भट्टराईले श्रमिकका आवाजलाई संसदमा पुर्‍याउन विष्टलाई पुलको काम गर्न आग्रह गरे । भट्टराईले कतारका विभिन्न अस्पतालमा उपचारार्थ बिरामीहरूलाई नेपाल झिकाएर परिवारको रोहबरमा निःशुल्क उपचार गराउने व्यवस्था गर्न समेत आग्रह गरे ।

उनले परिवार बिरामीको बाटो हेर्दै बस्ने र सरकारले बिरामी नहेर्ने बीचको खाडल चिर्न पहल गरिदिन पनि विष्टसँग आग्रह गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सन्ध्या अर्याल
लेखकको बारेमा

सन्ध्या अर्याल

अर्याल समाचारपोष्ट डटकमकी कतार ब्युरो प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?