अर्घाखाँची । पाणिनी गाउँपालिकाको आयोजनामा अपाङ्गता परिचय पत्र बितरण कार्यक्रम सम्पन्न भएको छ ।
शिविरबाट गाउँपालिका भित्रका ६१ जना सेवाग्राही लाभान्वित भएका छन । महिला बालकालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा भएको शिविरको गाउँपालिकाका उपाध्यक्ष नर्मदा पौडेलले अपाङ्गता परिचय पत्र दिएर सुरुवात गरेकी थिइन् । कार्यक्रममा अपाङ्गता परिचय पत्र हस्तान्तरण गर्दै उपाध्यक्ष नर्मदा पौडेल गौतमले समाजमा अपाङ्गता भएकाहरूलाई राज्यबाट पाउने सुविधाबाट बञ्चित हुन नदिनका लागि शिविरको आयोजना गरिएको बताइन ।
अपाङ्गता परिचय पत्र बितरण गर्दै प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले क बर्गका १२, ख बर्गका २७ र अन्य २१ जना गरी कुल ६१ जनाले अपांगता परिचय पत्र लिएको बताए । न्यौपानेले पालिका भित्रका अपाङ्गहरूलाई चौमासिक रुपमा शिविरको आयोजना गरी परिचय पत्र बितरण गर्दै आएको बताए ।
कार्यक्रममा विशेषज्ञ डा. गोपाल मुखिया, वडाध्यक्षहरू कमल प्रसाद पोख्रेल, चन्द्रकान्त पौडेल, युवराज ज्ञवाली, हरिप्रसाद घिमिरे, इन्द्रमणि घिमिरे, कृष्ण प्रसाद पौडेल, गुणाखर अधिकारी, रोमबहादुर पाण्डे लगाएतको उपस्थिति रहेको थियो ।
छनोट शिविरमा स्वास्थ्य शाखा प्रतिनिधि राम प्रसाद घिमिरे, अपाङ्गता प्रतिनिधि कमला परियार, प्रहरी प्रतिनिधि लगायतको उपस्थिति रहेको सदस्य सचिव पुजा न्यौपानेले जानकारी दिइन ।

















