नेसंवि प्राध्यापक सङ्घको पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न

काठमाडौं ।
नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघको सातौँ राष्ट्रिय अधिवेशनद्वारा सर्वसम्मतरूपमा नयाँ कार्यसमिति चयन गरिएको छ । काठमाडौं स्थित वाल्मीकि क्याम्पसमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

निर्वाचित सम्पूर्ण केन्द्रीय पदाधिकारी, सदस्यहरू तथा नेपाल प्राध्यापक संघको महाधिवेशन प्रतिनिधिको रूपमा सर्वसम्मत रूपमा निर्वाचित सम्पूर्ण प्रतिनिधिहरूलाई निर्वाचन समितिबाट प्रमाणपत्र वितरणसहित प्राध्यापक शम्भुराज गौतमको नेतृत्वमा रहेको निवर्तमान कार्यसमितिले प्रा.डा. मुकुन्दप्रसाद लामिछानेको नेतृत्वमा नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गर्यो । प्रा.डा. मुकुन्दप्रसाद लामिछानेको अध्यक्षतामा नया कार्यसमिति गठन गरिएको उपप्राध्यापक उमेशप्रसाद घिमिरेले जानकारी दिएका छन् । त्यसैगरी उपसभापति विष्णुप्रसाद पन्थी, महासचिव डा. नारायणप्रसाद बराल, सचिव सुधीरकुमार शर्मा र कोषाध्यक्षमा लोमशकुमार लामिछाने निर्वाचित भएका थिए भने सदस्यहरूमा दामोदर गौतम, मेघराज शर्मा, तेजप्रकाश पौडेल, कृष्णगोपाल अधिकारी,डा. कैलाश झा र शेषनारायण मरासिनी रहेका छन् ।

पदभार हस्तान्तरण समारोह २ चरणमा सम्पन्न भएको थियो । प्रथमसत्र अन्तर्गत कार्यभार हस्तान्तरण कार्यक्रमको सभाध्यक्षता निवर्तमान सभापति प्राध्यापक शम्भुप्रसाद गौतमले गरेका थिए भने निर्वाचन समितिद्वारा प्रमाणपत्र वितरणसहित कार्यभार हस्तान्तरण गरिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?