नेपाल ज्योतिष परिषद्को बार्षिकोत्सव तथा रजत महोत्सव समारोह सम्पन्न

काठमाडौं ।
नेपाल ज्योतिष परिषद्को २६ औँ बार्षिकोत्सव तथा रजत महोत्सव समारोह २०८० भव्यताका साथ सम्पन्न भएको छ । काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

महोत्सवको उद्घाटन गर्दे नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई नयाँ प्रविधि र पद्धतिसँग आवद्ध गर्दै विश्वभर प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले ज्योतिष विद्या प्रमाणित र वैज्ञानिक विद्या भएकोसमेत उनले बताए । समयको परिवर्तनसँगै हाम्रो परम्परागत शास्त्रीय ज्योतिष विद्यालाई अब नयाँ प्रविधि र पद्धतिसँग आवद्ध गर्दै विश्वभर यसको प्रचारप्रसार गर्नुपर्छ । ज्योतिष विद्यालाई यदाकदा हचुवाको रुपमा अभ्यास गर्ने, यसलाई जीविकोपार्जनको माध्यममात्र बनाउने देखिएको केही संकेत र प्रश्नमाथि उठेर यसलाई तथ्य र प्रमाणमा आधारित वैज्ञानिक र अनुसन्धानमुलक विद्याको रुपमा विकास गर्न आवश्यक छ । उपप्रधानमन्त्री खड्काले नेपाल ज्योतिष परिषद्ले ज्योतिष विद्याको प्रचारप्रसारमा जोड दिनुपर्ने बताए ।

परिषद्को मुखपत्र ज्योतिष सन्देश विमोचन, रजत महोत्सव लोगो वितरण लगायत परिषद्लाई महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा नेपाल पन्चाङ्ग निर्णय विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी, नेपाल ज्योतिष परिषद्का संस्थापक अध्यक्ष डा.लोकराज पौडेल, वर्तमान अध्यक्ष ज्यो.माधवरज पाण्डे, वरिष्ठ उपाध्यक्ष केशव प्रसाद धिताल, प्रथम उपाध्यक्ष एवम् रजत महोत्सव आयोजक समितिका संयोजक सन्तोष वाशिष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन ज्योतिष लक्ष्मण पन्थी र शिवलाल पौडेलले गरेका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?