राष्ट्रियसभा निर्वाचन : १२ वटै जिल्लामा प्रचारात्मक कार्यक्रम गर्दै लुम्बिनी गठबन्धन 

बुटवल । सत्ता गठबन्धनको लुम्बिनी प्रदेशको संयुक्त बैठक सम्पन्न भएको छ ।

बैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका तर्फबाट लुम्बिनिका २ उम्मेदवारलाई जिताउन नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापति अमरसिंह पुन संयोजकत्वमा “राष्ट्रिय सभा निर्वाचन लुम्बिनी प्रदेश समन्वय समिति- २०८०” गठन गर्ने निर्णय गरेको छ । जसमा सत्ता गठबन्धमा आवद्ध दलका प्रदेश प्रमुखहरु तथा संसदीय दलको नेता सदस्य रहनेछन् ।

त्यस्तै बैठकले जिल्ला स्तरमा पनि राष्ट्रिय सभा निर्वाचन जिल्ला समन्वय समिति २०८० गठन गर्ने निर्णय गरेको काँग्रेस लुम्बिनीका सभापती अमरसिंह पुनले जानकारी दिए । माघ २ गते देखि १० गतेसम्म राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरुलाई भारी मतका साथ विजयी गराउन सम्पुर्ण मतदाताहरुलाई अपिल गर्ने साथै उम्मेद्वार र मतदाता विचमा भेटघाट तथा अर्न्तक्रिया कार्यक्रम गर्ने निर्णय भएको सभापति पुनले बताए ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा लुम्बिनिमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र  नेपाली कांग्रेसकि विष्णु कुमारी सापकोटा उम्मेद्वार रहेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?