आज : पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस, देशभर सार्वजनिक बिदा

काठमाडौं । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस। नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ। तत्कालीन बाइसे–चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय उनलाई छ।

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा १७७९ पुस २७ गते पृथ्वीनारायणको जन्म भएको थियो। टुक्रे राज्यलाई समेट्ने क्रममा १८२५ मा इन्द्रजात्राका दिन आक्रमण गरी उनको फौजले काठमाडौंमाथि विजय प्राप्त गरेको थियो।

यसपछि उनले एकीकृत नेपालको राजधानी काठमाडौंलाई बनाएका थिए। उनले शुरू गरेको एकीकरण अभियान छोरा बहादुर शाहको पालासम्म बढ्दै गएर नेपालको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो। पछि नेपाल–अंग्रेज युद्धका क्रममा नेपाल अहिलेको क्षेत्रफलमा समेटिन पुग्यो।

‘नेपाल दुई ढुंगाबीचको तरुल हो’, ‘घूस लिने र दिने देशका महाशत्रु हुन्’, लगायत उनका कैयौँ उद्गार आज पनि सान्दर्भिक मानिन्छन्। १८२५ माघे संक्रान्तिमा नुवाकोटको देवीघाट भन्ने स्थानमा ५२ वर्षको उमेरमा उनको निधन भएको थियो।

पृथ्वीजयन्ती तथा एकता दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?