चितवनमा १० महिनापछि देखियो कोरोना

चितवन । चितवनमा १० महिनापछि कोरोना देखिएको छ। भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतवार र आज (मंगलवार) गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना पुष्टि भएको हो।

निमोनियाका कारण उपचारका लागि अस्पताल आएका वृद्धलाई परीक्षणका क्रममा कोरोना भएको पुष्टी भएपछि अस्पतालमै राखी उपचार शुरु गरिएको सूचना अधिकारी पौडेलले बताए। साथै २९ वर्षे पुरुषलाई होम आइसोलेसनमा राखिएको उनको भनाइ छ।

जिल्लामा १० महिनापछि पुनः कोरोना देखिएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्। चितवनमा पछिल्लो पटक गत चैतमा कोरोना देखिएको थियो।

कोरोना देखिएपछि स्वास्थ्य कार्यालय चितवनले सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। कार्यालयले कोरोनाबाट बच्न सामाजिक दुरी कायम गर्ने, मास्क प्रयोग गर्ने, साबुन पानीले हात धुनेलगायत सुझाव दिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?