अब एन्ड्रोइड प्रयोगकर्ताले समेत एक्सबाटै अडियो-भिडियो कल गर्न सक्ने

एजेन्सी । सोसल मिडिया प्लाटर्फम एक्समा एउटा बहुप्रतिक्षित फिचरको सुरुवात भएको छ ।

केही महिनादेखि एक्समा परीक्षण भैरहेको अडियो तथा भिडियो कलिङ फिचर अन्ततः सबै एन्ड्रोइड प्रयोगकर्ताका लागि आधिकारिक रुपमा जारी गरिएको हो ।

योसँगै एक्सका एन्ड्रोइड प्रयोगकर्ताले यो नयाँ फिचरको अपडेट प्राप्त गर्न सुरु गरिसकेका छन् । केही दिनभित्रै अन्य प्रयोगकर्तालाई यो फिचर उपलब्ध हुने बताइएको छ । तर तत्कालका लागि यो केवल एक्स ब्लूका सब्सक्राइबर अर्थात् सशुल्क एक्स प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ ।

एक्सका डेभलपर इनरिक बारागनका अनुसार सबै आम एक्स प्रयोगकर्ताले आफ्नो एक्स प्लाटर्फममा अरु कसैले गरेको कल रिसिभ गर्न सक्नेछन् । तर आफैंले कल गर्नका लागि भने प्रिमियम प्रयोगकर्ता नै हुनुपर्नेछ ।

यदि तपाईं पनि एक्सको पि्रमियम प्रयोगकर्ता हुनुहुन्छ र सो प्लाटर्फमबाटै अडियो तथा भिडियो कल गर्न चाहनुहुन्छ भने मोबाइलमा रहेको एक्स एपलाई अपडेट गर्नुहोस् ।

यदि यो फिचर उपलब्ध भयो भने त्यसपछि Settings > Privacy and Safety > Direct Messages मा गएर यो फिचर सक्रिय पार्नुहोस् ।

स्मरण रहोस् एक्सले आईओएस प्रयोगकर्ताका लागि यो फिचर गत अक्टोबरमै जारी गरेको थियो ।

ह्वाट्सएप, मेसेन्जर लगायतका सबैजसो सोसल मिडिया एपमा अडियो तथा भिडियो कलको सुविधा विद्यमान रहेको अवस्थामा एक्समा थपिएको यो फिचर खासै नौलो नहुनसक्छ । तथापि विश्लेषकहरुका अनुसार एक्सलाई एउटा सम्पूर्ण एप बनाउ उद्धेश्यमा अघि बढिरहेका एलन मस्कको यो कार्य उक्त दिशामा एउटा महत्वपूर्ण कदम हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?