आवश्यक जनशक्ति पूर्ति गर्न सन्तान जन्माउने दर बढाउनु पर्छ : सांसद घिमिरे

अर्घाखाँची । लुम्बिनी प्रदेश सभा सदस्य राम्जी प्रसाद घिमिरेले विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको प्रति राज्य गम्भीर हुनुपर्ने बताएका छन् ।

अर्घाखाँचीको पाणिनि ७ स्थित विद्या बिनोद माध्यमिक विद्यालयको ७१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै घिमिरेले यस्तो बताएका हुन् । विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुनुको कारण बसाइँसराइ मात्र नभएको घिमिरेको दावी छ ।

एक वा दुई मात्र सन्तान जन्माउन प्रेरित गर्दा राज्यलाई आवश्यक जनशक्ति कम हुँदै गएको बताउँदै घिमिरेले अब धेरै सन्तान जन्माउन प्रेरित गर्नुपर्नेमा जोड दिएका छन् । उनले शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षकको एक्लो प्रयासले मात्र नभइ अभिभावक तथा विद्यार्थी पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका घिमिरेले आजै वार्षिकोत्सव समारोहको उद्घाटन गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
माधव बेल्बासे
लेखकको बारेमा

माधव बेल्बासे

बेल्वासे पाणिनि न्युजका प्रधान-सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?