अर्घाखाँची । लुम्बिनी प्रदेश सभा सदस्य राम्जी प्रसाद घिमिरेले विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको प्रति राज्य गम्भीर हुनुपर्ने बताएका छन् ।
अर्घाखाँचीको पाणिनि ७ स्थित विद्या बिनोद माध्यमिक विद्यालयको ७१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै घिमिरेले यस्तो बताएका हुन् । विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुनुको कारण बसाइँसराइ मात्र नभएको घिमिरेको दावी छ ।
एक वा दुई मात्र सन्तान जन्माउन प्रेरित गर्दा राज्यलाई आवश्यक जनशक्ति कम हुँदै गएको बताउँदै घिमिरेले अब धेरै सन्तान जन्माउन प्रेरित गर्नुपर्नेमा जोड दिएका छन् । उनले शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षकको एक्लो प्रयासले मात्र नभइ अभिभावक तथा विद्यार्थी पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका घिमिरेले आजै वार्षिकोत्सव समारोहको उद्घाटन गरेका थिए ।













