जाडोमा निमोनियाबाट कसरी बच्ने ?

कुनै पनि जीवाणुले फोक्सोमा संक्रमण गर्‍यो भने निमोनिया हुन्छ । भाइरस, ब्याक्टेरिया, फंगसलगायत जीवाणुले मात्रै नभएर कहिलेकाहीँ केमिकलले पनि निमोनिया हुन्छ । त्यस्तै, कुनै कारणले फोक्सोको ग्रन्थि, कोषिकाहरू सुन्नियो भने निमोनिया हुन्छ । ब्याक्टेरियल, भाइरल, एसप्रियसन, कम्युनिटी इक्वायर, भेन्टिलेटर एसोसिएटेट निमोनियालगायत निमोनियाका धेरै प्रकार हुन्छन् ।

लक्षणः
खोकी वा सास फेर्न कठिनाई हुनु
→ सासको दर वढ्नु
→कोखा हान्नु
→घाँटीबाट घ्यारघ्यार आवाज आउनु
→जरो आउनु
→ बच्चाले दुध नखानु

निमोनियाबाट कसलाई बढी खतरा ?
ख्याल गर्नैपर्ने कुरा के हो भने निमोनिया जोकोहीलाई पनि हुन सक्छ । तर पनि विशेषतः निम्न समूहका मानिसहरुलाई निमोनिया संक्रमणको खतरा बढी रहने गर्छ:
–भरखरै जन्मेदेखि २ वर्षसममका शिशु
–६५ वर्ष वा त्योभन्दा बढी उमेर समूहका मानिस
–कमजोर रोग प्रतिरोधी क्षमता भएका व्यक्ति । यस समूहमा विभिन्न रोगहरु भएका तथा स्टेरोइड तथा क्यान्सरका केही औषधीहरु सेवन गरिरहेका व्यक्तिहरु समेत पर्दछन् ।
–दम, डाइबिटिज, मुटुरोग जस्ता समस्या भएका व्यक्तिहरु
–मौसमी फ्लु वा चिसोका कारण हालसालै श्वासप्रश्वास प्रणालीमा संक्रमण भएका व्यक्तिहरु
–हृदयघात भएका, खानेकुराहरु निल्न समस्या भएका तथा हिँड्डुल गर्न असमर्थ व्यक्तिहरु
–धूमपान गर्ने, लागू औषध सेवन गर्ने तथा जड्याहा–रक्स्याहा व्यक्तिहरु
–लामो समयसम्म फोक्सो वा श्वासप्रश्वासप्रणालीमा असर गर्ने वातावरण –प्रदूषण, रसायन, रंगरोगन आदि)मा काम गर्नुपर्ने व्यक्तिहरु

घरमा गरिने उपचार
रोगका जटीलताका आधारमा चिकित्सकले एस्प्रिन, पीडानाशक औषधी, खोकीका औषधी, ज्वरोका औषधीहरु दिन सक्छन् । कतिपय अवस्थामा निमोनियामा खोकीले फोक्सोको पानी बाहिर निकाल्न सहयोग गर्ने भएकोले चिकित्सकले खोकीलाई पूरै निको नपार्ने रणनीति पनि लिन सक्छ ।

त्यसबाहेक, घरमा बसेर उपचार गर्दा प्रशस्त आराम गर्ने, शरीरलाई न्यानो राख्ने, प्रशस्त मात्रामा झोलिलो पर्दाथको सेवन गर्ने, फोक्साको व्यायामहरु गर्ने गर्दा पनि धेरै फाइदा पुग्छ ।

निमोनियाको उपचार
निमोनियाका उपचार त्यसको कारण र किसिम, त्यसको गम्भीरता र संक्रमित व्यक्तिको स्वास्थ्य अवस्थामा भर पर्दछ । समस्याको मूल कारणको पहिचान तथा विरामीको स्वास्थ्य अवस्थाको आँकलनको आधारमा चिकित्सकले औषधी सिफारिश गर्न सक्छन् । सामान्यतः व्याक्टेरियाका कारण हुने निमोनियामा खाने एन्टिबायोटिक चलाइने गरिन्छ । चिकित्सकले सिफारिश गरेको औषधीको पूरै मात्रा सेवन गर्नुपर्छ । बीचमा आफूलाई निको भएको महसूस गरेर औषधी खान रोक्नु हुँदैन । त्यसरी बीचैमा औषधी छाड्ने गरियो भने पछि रोग बल्झिएर समस्या झनै गम्भीर हुन सक्छ र उपचार गर्न झनै कठिन हुने स्थिति आउन सक्छ ।

भाइरसका कारण हुने निमोनियामा भने एन्टिबायोटिक औषधीहरुले काम नै गर्दैन । तर कतिपय भाइरल निमोनियामा चिकित्सकले एन्टिभाइरल औषधीहरु दिन सक्छन् । अधिकांश भाइरल निमोनियाहरु औषधीबिना नै हाम्रो शरीरको रोग प्रतिरोधी क्षमताले लडेर केही समयमा आफैं निको हुने गर्छ ।

ढुसीका कारण भएको निमोनियामा एन्टिफंगल औषधीहरु चलाइने गरिन्छ । यस्तो समस्यामा संक्रमणलाई पूरै निको हटाउनका लागि थुप्रै हप्ता औषधी सेवन गर्नुपर्ने हुन सक्छ ।

जिल्ला अस्पताल अर्घाखाँचीका डा. अशाेक शाहसंग गरीएकाे कुराकानीबाट

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?