भोलि देखि शितगंगा महोत्सव शुरु हुँदै, मन्त्री रोज राणाले उद्घाटन गर्ने

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उदेश्यले भोलि शुक्रबार देखि तेस्रो शीतगंगा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरु हुने भएको छ ।

शितगंगा नगरपालिकालाई ब्यवसायिक पर्यटकीय हिसाबले देश विदेशमा चिनाउन, नगरमा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित बस्तुहरुको प्रर्बद्धन गर्नको लागि महोत्सवको आयोजना गर्न थालिएको शीतगंगा उद्योग वाणिज्य संघका अध्यक्ष चिन्तराज अधिकारीले बताए ।

शितगंगा नगरपालिका वडा नम्वर २ सीतापुरको गैरी खेतमा भोलि देखि शुरु हुने महोत्सवको लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा)ले समुद्धाटन गर्ने कार्यक्रम तय भएको छ ।

नगर भित्र उत्पादित बस्तुहरुको प्रवद्र्धन, पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागी महोत्सवले निकै राम्रो भुमिका खेल्ने आयोजकको अपेक्षा छ । माघ २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र दुई करोड भन्दा बढीको कारोवार हुने अपेक्षा रहेको अध्यक्ष अधिकारीको भनाइ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रेमनारायण आचार्य
लेखकको बारेमा

प्रेमनारायण आचार्य

विगत डेढ दशक देखि राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकार आचार्य समाचार पोष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?