१३ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि सन्धिखर्कलाई

अर्घाखाँची । अर्घाखाँचीमा सम्पन्न १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सन्धिखर्क नगरपालिकाले जितेको छ ।

माघ १४ गते देखि १६ गतेसम्म सञ्चालन भएको रनिङ शिल्ड प्रतियोगितामा सन्धिखर्कले छात्र र छात्रातर्फ गरी २२ मेडल सहित शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेको हो । सन्धिखर्कले १२ स्वर्ण, ५ रजत र ५ काश्य गरी २२ मेडल प्राप्त गरेको हो । सन्धिखर्कले भलिबल छात्रा तर्फ स्वर्ण, भलिबल छात्र तर्फ काश्य तथा कबड्डीको छात्र र छात्रा दुवैतर्फ काश्य र एथलेटिक्सका १३ खेलमा छात्र, छात्रा दुवैतर्फ  ११ स्वर्ण, ५ रजत, २ काश्य गरी २२ मेडल प्राप्त गर्यो ।

गत वर्ष उपाधि विजेता भूमिकास्थान नगरपालिका दोस्रो भएको छ भने पाणिनि गाउँपालिकाले तेस्रो स्थान हासिल गरेको छ । भूमिकास्थान नगरपालिकाले कबड्डीको छात्र र छात्रा दुर्बतर्फ स्वर्ण र एथलेटिक्सका १३ खेलमा छात्र, छात्रा दुवैतर्फ  ६ स्वर्ण, ५ रजत, ५ काश्य गरी १८ मेडल प्राप्त गर्यो ।

तृतीय पाणिनि गाउँपालिकाले भलिबल छात्र तर्फ स्वर्ण, छात्रा तर्फ काश्य र एथलेटिक्सका १३ खेलमा छात्र, छात्रा दुवैतर्फ  २ स्वर्ण, ८ रजत, ५ काश्य गरी १६ मेडल प्राप्त गर्यो ।

त्यस्तै सितगंगा नगरपालिकाले २ स्वर्ण ५ रजत ६ काश्य गरी १३ मेडल प्राप्त गरेको छ । मालारानी गाउँपालिकाले ३ स्वर्ण, ३ रजत र ४ काश्य गरी १० मेडल प्राप्त गर्यो भने छत्रदेव गाउँपालिकाले २ स्वर्ण, ४ रजत र ४ काश्य गरी १० मेडल प्राप्त गरेको छ । 

प्रतियोगितामा भलिबल र कबड्डी तथा एथलेटिक्स तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर दौड, ४ १०० मिटर, ४ ४०० मिटर रिले दौड, लङजम्प, त्रिपल जम्प, हाइजम्प, सटपुट, ज्यावलिङ्ग थ्रो गरी १५ वटा खेलमा छात्र र छात्रालाई प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा अर्घाखाँचीका ६ वटै स्थानीय पालिकाबाट झण्डै ५ सय ५० खेलाडीहरू सहभागी थिए ।

जिल्लामा उत्कृष्ट भएका खेलाडीहरू प्रदेशस्तरीय रनिङ शिल्ड प्रतियोगितामा सहभागी बन्ने जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीले जनाएको छ । 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?