अर्घाखाँचीमा न्यायिक बाह्य पहुँच कार्यक्रम सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्वर ३ बल्कोटमा न्यायिक बाह्य पहुँच कार्यक्रम सम्पन्न भएको छ ।

अर्घाखाँची जिल्ला अदालत र जिल्ला सरकारी वकिल कार्यालय अर्घाखाँचीको संयुक्त आयोजनामा वडा कार्यालयको हलमा न्यायिक बाह्य पहुँच कार्यक्रम सम्पन भएको जिल्ला अदालत अर्घाखाँचीका सूचना अधिकारी टेकराज गैरेले बताए ।
अर्घाखाँची जिल्ला अदालतका जिल्ला न्यायाधीस कृष्णजंग शाहले अदालती काम, कार्यवाही, अदालती सेवा, सुबिधा, न्याय र कानुन सम्बन्धि बिबिध विषयमा जानकारी गराएका थिए ।

अर्घाखाँची अदालतका श्रेस्तेदार नारायण पौडेल, जिल्ला न्यायाधिवक्ता बिष्णु प्रसाद आचार्य, तहसिलदार कृष्ण प्रसाद भट्टराई र वैतनिक अधिवक्ता जगन्नाथ भुसालले कार्यक्रमको सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

६५ जनाको उपस्थिति रहेको कार्यक्रम अत्यन्तै सान्दर्भिक रहेको र निरन्तरताको लागि वडा अध्यक्ष तेजप्रसाद खनालले आग्रह गरेका थिए ।

कार्यक्रम जिल्ला न्यायाधीश कृष्णजंग शाहको अध्यक्षता, श्रेस्तेदार नारायण पौडेलको स्वागत तथा सूचना अधिकारी टेकराज गैरेको सञ्चालनमा सम्पन्न भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रेमनारायण आचार्य
लेखकको बारेमा

प्रेमनारायण आचार्य

विगत डेढ दशक देखि राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकार आचार्य समाचार पोष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?