एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट, एक जनाको हात भाँच्चियो

नेकपा (एमाले) को धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएको छ। प्रतिनिधि मनोनयमा विवाद हुँदा अधिवेशन कुटाकुटमा परिणत भएको र एक जनाको हात भाँच्चिएको बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले विज्ञप्तिमार्फत् बताएका छन।

शनिबार साँझ बन्द सत्रमा दस्तावेज प्रस्तुत गर्दा हुलहुज्जत र धक्कामुक्का भएको र सन्तोष खनालको हात भाँच्चिएको ढुंगेलले बताएका हुन्।

‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी धादिङको नवौं जिल्ला अधिवेशनको बन्दसत्र सुरू हुनुपूर्व माघ १९ गते साँझ करिब ७:०० बजे बसेको जिल्ला कमिटीको अन्तिम बैठकमा, बन्दसत्रमा प्रस्तुत गरिने आवश्यक दस्तावेजहरू, कतिपय नीतिगत निर्णयहरू, बन्दसत्र सञ्चालनका लागि आवश्यक अध्यक्ष मण्डल लगायत विभिन्न समितिहरूमा रहने नेताहरूको नाम र जिल्ला कमिटीबाट ५ प्रतिशतले मनोनयन हुने प्रतिनिधिहरूका सम्बन्धमा जिल्ला कमिटी अध्यक्षबाट प्रस्ताव प्रस्तुत हुँदा बैठकका सहभागीहरुबाट छलफलको माग गर्दैगर्दा जिल्ला कमिटी अध्यक्षले जबरजस्ती प्रस्ताव पेश गर्नुभयो । उहाँले एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठक कक्षमा असहज परिस्थिति सिर्जना हुन पुग्यो,’ प्रदेश अध्यक्ष ढुंगेलले विज्ञप्तिमा भनेका छन्।

बन्दसत्र चलिरहँदा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्का भएको विज्ञप्तिमा उल्लेख छ।
‘शनिबार बन्दसत्रको सुरूआतबाट नै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतंकित परिस्थिति देखा पयो । यही कममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

ढुंगेलले जनसंगठनबाट प्रतिनिधित्व गराउँदा जनसंगठन समन्वय सम्बन्धी निर्देशिका २०७८ बमोजिम वर्गीकरण गरी प्रतिनिधिको प्रबन्ध नगरिएको पाइएको र प्रतिनिधि छनोट नै समस्याग्रस्त बन्न पुगेको बताएका छन्। ‘बन्दसत्रमा प्रवेस गर्नुअगाडि प्रतिनिधि निक्यौल गर्ने विषयमा समेत अन्योलता कायम रहेको अवस्था देखियो । त्यति हुँदाहुँदै पनि पटकपटक वार्ता छलफलबाट समस्या समाधान गरी बन्दसत्र सुरू गर्ने प्रयास गरियो तर सम्भव भएन र झन् झन् अशान्त, असहज परिस्थिति देखा पयो । तसर्थ यो अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि यो अधिवेशन स्थगित गरिएको छ,’ अध्यक्ष ढुंगेलले भनेका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?