४९ वर्षमा अंमर आवि धातिवाङ्ग

पाणिनी । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा रहेको अमर आधारभुत विद्यालयको ४९ औँ वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न भएको छ । प्रत्येक वर्ष वार्षिकोत्सव मनाउँदै आएको अमर आविले यसवर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको छ ।

वार्षिकोत्सव समारोहका प्रमुख अतिथी पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गका वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले उद्घाटन गर्दै शिक्षा क्षेत्रको विकास भएमात्रै गाउँ र समाज विकसित हुने बताए ।

शिक्षा सबैभन्दा महत्वपुर्ण क्षेत्र हो, शिक्षाको सुधारका लागि गाउँपालिका तथा वडाबाट योजनावद्ध रुपमा अगाडी बढेका छौँ, उनले भने, ‘बसाईसराई बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै सबै सरोकारबाला निकाय एकजुट भएमात्रै शिक्षामा उल्लेखनिय सुधारहुने बताए।’ विद्यालयमा आवश्यक पर्ने शैक्षिक क्षेत्रको विकास सँगै पुर्वाधारको विकास गर्नका लागि वडा कार्यालय प्रतिवद्ध रहेको बताउँदै वार्षिकोत्सव समारोह सफलताको शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा पाणिनी गाउँपालिका कार्यपालिका सदस्य तारा पौडेल, स्वास्थ्य चौकीका इन्चार्ज मित्रदेव पौडेल, काँग्रेस वडाकार्यसमिती सचिव हुमनाथ पौडेल, एमाले वडाकमिटी सचिव प्रेमनारायण पौडेल लगाएतले शुभकामना मन्तव्य राख्दैँ विद्यालयको प्रगतिको कामना व्यक्त गरेका थिए ।

वडाअध्यक्ष पौडेल र अक्षयकोष दाता गिरीराज पौडेलले विद्यार्लीहरुलाई सोहि समारोहको अवसरमा पुरस्कार वितरण गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मुक्तीराम पौडेलको अध्यक्षता, विद्यालयका प्रअ हिमलाल पौडेलले सञ्चालन तथा वार्षिक प्रगती प्रतिवेदन पेश गरेको कार्यक्रमको स्वागत मन्तव्य शिक्षक सुमन घिमिरेले गरेका थिए । साविक धातिवाङ्ग गाविस वडा नं. ४ लाई पायक पर्ने गरी बालशिक्षा देखी कक्षा ५ सम्म अध्ययन यो विद्यालयमा हुन्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला घिमिरे
लेखकको बारेमा

कमला घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमकी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?