प्रेम दिवसको पुर्व संध्यमा कण्डम बक्सको स्थापना 

अर्घाखाँची । फागुन १ अर्थात आज अन्तरराष्ट्रिय कण्डम दिवसको अवसरमा सन्धिखर्कको शान्ति बगैंचा चोक र सन्धिखर्क नगरपालिकाको गेटमा कण्डम बक्स राखिएको छ ।

कण्डमको प्रयोगलाई बढावा दिँदै एचआइभी एड्स जस्ता संक्रमण कम गराउने उद्धेश्यले अन्तराष्ट्रिय कण्डम बक्स राखेर मनाउन थालिएको सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुली जानकारीदिए । प्रेम दिवसको पुर्वसन्ध्यामा सन्धिखर्क नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँची, मल्लरानी सरोकार ग्रामिण विकासकेन्द्र, सन्देश सहयोग समुह र भिजिवल इमप्याक्टको संयुक्त आयोजनामा सन्धिखर्कमा कण्डम दिवस मनाइएको हो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका स्वास्थ्य संयोजक पुर्ण प्रसाद पराजुली, सह संयोजक प्रकाश परियार, जिल्ला स्वास्थ्य कार्यालयका एच.आई.भि फोकल प्रसन विजय विक, जिल्ला अस्पताल बाट एआटि काउन्शिलर हरि पाण्डे, सन्देश सहयोग समुहका अध्यक्ष अर्जुन साह,सचिव किरण केसी,कार्यक्रम अधिकृत पर्वता थापा केसी, सि एच विसी, टिम लिडर सागर घिमिरे, मल्लरानी गा्रमिण परियोजनाका गिता भुसाल,भिजिवल इम्याक्टका युथ च्याम्पिीयन सागर परियार लगायत पत्रकार,कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सन् २०१७ को अन्त्य सम्मको तथ्यांकअनुसार संंसारभर ३ करोड ६९ लाख व्यक्तिहरुमा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ । नेपालमा ३२ हजार २० जनामा एचआईभी संंक्रमण रहेको हुन सक्ने राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अनुमान छ । झण्डै ७७ प्रतिशत एचआईभी संक्रमण कण्डम विना गरिने यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको केन्द्रको दाबी छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सागर परियार
लेखकको बारेमा

सागर परियार

परियार समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?