पाल्पा दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या १० पुग्यो, १७ घाइते

पाल्पा । पाल्पामा ‘ओभरलोड’ यात्रु बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । जिपमा सवार दुई महिने बालिकासहित १७ जना घाइते छन् । तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाँदै गरेको जिप मंगलबार चिदिस लुम्पेकडाँडामा दुर्घटनामा परेको हो । घटनास्थलमा ८ र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनास्थलमा मृत्यु हुनेमा तिनाउ –६ मस्यामकी ६० वर्षीय यन कुमारी पन्त, सोही ठाउँकै ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षीय चुना रणपाल, रिव्दीकोट १ ख्याहाकी ६५ वर्षीय दिल कुमारी सुनार र देवदह नगरपालिका – ५ की २९ वर्षीय दिलमाया जिसी रहेको  जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक  सुगन्ध श्रेष्ठले रातोपाटीलाई बताए ।

लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा तिनाउ–२ खुर्सानेका २० वर्षीय गीता सुनार र रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी ६६ वर्षीय विष्णुकला कामीको मृत्यु भएको  प्रहरीले जनाएको  छ।

घाइते हुनेहरुमा  पाल्पा तिनाउ ६ की २० वर्षीय कृष्णा पन्त,  सोही ठाउँकै १९ वर्षीय उमा रास्कोटी, २१ वर्षीय अमृता गहतराज,  १९ वर्षीय शान्ति राना,  ९ वर्षीय शौरव पुन, ४५ वर्षीय तुल बहादुर नेपाली,  २८ वर्षीय कमला सुनार, रुपन्देही खैरेनी – ५ का  ९ वर्षीय विवेक जिसी,  सोही ठाउँकै ६ वर्षीय अस्मित जिसी, तानसेन ७ की ४२ वर्षीय सविता परियार, रिव्दिकोट १ की ३० वर्षीय रमा सुनार, सोही ठाउँकै ६ वर्षीय विद्या सुनार, ६ वर्षीय साया सुनार, ५ वर्षीय आलब सुनार,  तानसेन १० का ४५ वर्षीय जिप चालक दान बहादुर चिदी, रुपन्देही हरैयाकी ३० वर्षीय भुमी पुन र १ जना ३६ दिनकी बालिका गरी १७ जनाको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको  छ ।

मंगलबार बेलुका  ५ बजेको समयमा जिप चिदिस शिखरडाँडा जाँदै गर्दा उकालोमा ब्याक भई दुर्घटना भएको थियो।  जिप सडकबाट ३ मिटर तल अर्को सडकमा खसेको थियो। जिप ओभरलोडको कारण दुर्घटना भएको  प्रहरीले जनाएको  छ। चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको  छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?