गीत संगीतमा निरन्तरता ठुलो कुरा हो : अभिनव चौहान

निरन्तर गीत बजारमा ल्याउँदै आएका सर्जक तथा गायक अभिनव चौहानका थुप्रै सिर्जनाहरु सार्वजनिक भएका छन् । गीत संगीतमा निरन्तरता ठुलो कुरा हो भन्ने उनकाे बुझाइ छ । उनको आवाज अभिनय र शब्द संगीतमा अहिले सम्म धेरै गीतहरु बजारमा आइसकेका छन् । उनले विशेषगरी गीत सिर्जना र लेखनमा जोड दिएको पाइन्छ । गीत संगीत सँगसँगै आफ्नो आर्थिक स्थिति पनि कम्जोर नहोस् भन्ने सोचेर आफ्नो होटल व्यवसायीलाई पनि अगाडि बढाएका छन् । गीत संगीतले चिनजान बढाउने हुँदा आफ्नो होटल व्यवसायलाई पनि चलाउन धेरै सजिलो भएको बताउन्छन । प्रस्तुत समाचारपोष्टको लागि भिम विश्वकर्माले सर्जक त गायक अभिनव चौहानसँग गरेको कुराकानी ।।

काठमाडौंमा गीत संगीतको लागि हो या अरु केही सोचेर छिर्नु भएको थियो ?

म खासमा काठमाडौं जागिरको लागि छिरेको थिए।गीत संगीत प्रतिको मोह त निकै थियो तर म सँग जागिर गर्ने बाहेक अरु कुनै विकल्प थिएन । गीत संगीत मात्रै गरेर काठमाडौंमा बस्न सक्ने स्थिति पनि थिएन।काठमाडौंमा छिर्न बित्तिकै एउटा चिनजानको दाइ विष्णु बराल मार्फत रेकर्डिङ्ग स्टुडियोमा काम पाए।मैले शुरुमा काम गरेको मंगलम रेकर्डिङ्ग स्टुडियो थियो।जसमा प्रकाश क्षेत्री र कृष्ण लामिछाने हुनुहुन्थ्यो उहाँले मलाई विश्वास गरेर काम दिनु भयो।त्यहीँ ठाउँबाट पाइला टेक्दै चिनजान बढाउँदै आफ्ना सिर्जनाहरु बजारमा ल्याउन थाले ।

मैले विशेषगरी गीत सिर्जना र लेखनलाई मुख्य प्राथमिकतामा राख्दै आएको छु । जसले गर्दा मैले निरन्तर आफ्नो सिर्जना बजारमा दिन सकेको छु । एक हिसाबले भन्दा म सर्जक भएकाले नै चलेको छु भन्दा खासै फरक नपर्ला ।

हजुर काठमाडौं आउनु भन्दा पहिला कुन ठाउँमा के गर्नु हुन्थ्यो ?

म अर्घाखाँचीकै सदरमुकाम सन्धिखर्कमा बसेर आफ्नो स्नातक तहको अध्ययनसँगै विभिन्न मिडियामा आवद्ध थिए । रेडियोको माध्यमबाट मैले पत्रकारिता शुरु गरेको हो । जहाँबाट मैले जिन्दगीमा धेरै कुरा सिक्ने मौका र अवसर पाए। मलाई आफ्नै जिल्लाले धेरै कुरा सिकाएर काठमाडौंमा पठाएको जस्तो लाग्छ ।

गीत संगीतमा सबैभन्दा धेरै के मा जोड दिनुहुन्छ ?

No description available.

मैले विशेषगरी गीत सिर्जना र लेखनलाई मुख्य प्राथमिकतामा राख्दै आएको छु । जसले गर्दा मैले निरन्तर आफ्नो सिर्जना बजारमा दिन सकेको छु । एक हिसाबले भन्दा म सर्जक भएकाले नै चलेको छु भन्दा खासै फरक नपर्ला । शुरुमा त अभिनय गर्न एकदमै रुचि लाग्थ्यो तर त्यसरी म सधैं चल्न र सबैले खोज्ने नहुन पनि सक्छु । सबैले खोज्ने हुनको लागि म सर्जक हुनुपर्छ र मैले राम्रो सिर्जना दिन सक्नुपर्छ भन्ने सोचेर अघि बढे।कहिले कसो अभिनय गर्ने र गाउने काम गरेता पनि धेरै जसो नयाँ गीत सिर्जनामा नै धेरै समय खर्चिने गरेको छु ।

सधैंभरी यहीँ क्षेत्रमा टिकि रहने उपाय के हो जस्तो लाग्छ ?

त्यसको लागि त निरन्तर कर्म गरिरहनु पर्छ । सफलता असफलता जस्तोसुकै परिस्थितिमा पनि भाग्नु हुँदैन । जसले निरन्तर कर्म गरिरहन्छ उहीँ नै सफल व्यक्ति हो । हामीले छोटो समयमा एकैचोटि ठुलो भाग खोज्छौं त्यसो गर्नु हुँदैन । पालो सबैको आउन्छ हरेक कुराको लागि समय लाग्छ । जुनसुकै क्षेत्रमा पनि धैर्यता राख्न सक्नुपर्छ । त्यसैले गीत संगीतमा निरन्तरता ठुलो कुरा हो ।

तपाईंका सिर्जनाहरु हेर्न चाहानेहरुका लागि केही सिर्जनाको नाम लिनुपर्दा ?

मैले धेरैजसो विछोडका र तीज गीहरुमा कलम चलाएको छु। त्यसमध्ये लालुमै वर पिपलको छाँया, आमाले किन्दिएको पछ्यौरी, माया नहिड तर्केर, सारी लर्काउँदै, माइतीघरको आँगनी, चुरा हातैमा, यो मनमा पीर, मलाई छोडेसी , माया मारिछौँ मायालु , भरमा पर्दिन , दशैँ आयो तिहार आयो, आएका छन् परदेशी घरमा, अझै माया लाछैन, सुपा देउराली माई ,झर्छ आँसु परेली छेउ, पागल भाको छु, यो देशको मुहार फेर्ने कहिले हो? लगायतका थुप्रै गीतहरु अभिनव चौहान सर्च गरेर पनि युटुबम हेर्न सक्नुहुनेछ।।

No description available.
अबको तयारी के छ ? अनि अन्तिममा के भन्न चाहानु हुन्छ ?

नयाँ गीतको काम गर्दैछु ।दुई वटा गीत रेकर्ड भैसकेका छन्।बाँकी अरु बनाउँदै पनि छु ।सायद यसपालि अलि फरक स्वाद र सबैको मन मुटुमा बस्ने खालको सिर्जना हुनेछन् भन्ने कुरामा विश्वस्त छु ।मेरो सिर्जनालाई सधैं सबैले माया गरिदिनु होला।आवश्यक सल्लाह सुझावलाई पनि मनन गर्दै अघि बढ्ने छु ।त्यसैगरी मलाई आफ्नो कुरा राख्ने अवसर दिनु भएकोमा हजुर लगायत सम्पूर्ण टिम प्रति आभारी छु ।

No description available.

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?