स्थानीय सरकारका प्रमुख/उपप्रमुखलाई कर्मचारीले सञ्चालन गरेका छन् : सभामुख घर्ती

अर्घाखाँची । कार्यक्रममा सभामुख घर्तीले स्थानीय सरकारका प्रमुख/उपप्रमुखलाई कर्मचारीले सञ्चालन गरेको बताएका छन् ।

कानुन निर्माण तथा सभा सञ्चालन सम्बन्धी सन्धिखर्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा सभामुख घर्तीले यस्तो बताएका हुन् । स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखले आफ्नो कर्तव्य तथा जिम्मेवारी बोध गर्न नसकेको प्रति चिन्ता व्यक्त गर्दै स्थानीय सरकार व्यवस्थापिका र कार्यपालिका स्वयं आफै भएकाले कर्मचारी परिचालन गर्न सक्नुपर्ने बताए ।

सभामुख घर्तीले प्रदेश सरकार र स्थानीय सरकारको अन्योन्याश्रित सम्बन्ध रहेको समेत जिकिर गर्दै कानुन निर्माणकाे सवालमा सहकार्य गर्न अनुराेध समेत गरेका छन् । स्थानीय सरकारले विकास निर्माणमा मात्र जोड दिएको पाइएकाले कानुन निर्माणबिना विकास निर्माण गर्दा अप्ठ्यारो हुने भएकाले विकाससँगै कानुन निर्माणमा समेत ध्यान दिनुपर्नेमा सभामुख घर्तिले जोड दिए ।

उनले लुम्बिनी प्रदेशले हालसम्म ७६ वटा कानुन निर्माण गरिसकेको बताउँदै स्थानीय निजामती सेवा ऐन अध्यादेशबाट भएपनि छिटै ल्याउन लागिएको बताए । 

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?