अर्घाखाँचीमा ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुबेला रोग विरुद्धको खोप दिइने 

अर्घाखाँची । अर्घाखाँचीमा जिल्ला स्तरीय दादुरा रुबेला रोग विरुद्धको खोप अभियान सञ्चालनको लागि अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी बुधबार देखि सन्धिखर्कमा सुरु भएको छ । फागुन १३ गते देखि १७ गतेसम्म जिल्लाका ६१ वटा वडामा खोप अभियान सञ्चालन गर्नको लागि कार्यक्रम गरिएको हो ।

अर्घाखाँचीका ९ महिनादेखि ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरूलाई दादुरा रुबेला रोग विरुद्धको खोप दिइने भएको छ । स्थानीय तह र स्वास्थ्य संस्थास्तरसम्म सञ्चालन गरिने  दादुरा रुबेला खोप अभियान सञ्चालनको लागी सहजकर्ताको क्षमता अभिवृद्धि गर्ने, अभियान मार्फत नियमित खोप सुदृढीकरणको प्रक्रिया र औचित्यको बारेमा  जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका  कार्यालय प्रमुख शिव नेपालीले बताए ।

No description available.

कार्यक्रममा गुणस्तर अनुगमन अधिकृत वाटर एड स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका मनोज नेपाल (खुसीखुसी) ले प्रदेश, जिल्ला र पालिका स्तरीय सूक्ष्म योजना अभिभुखिकरण तथा सहजिकरण नियमित रुपमा खोपसँगै सरसफाइ प्रवर्द्धनको संयुक्त अनुगमन सहयोगमा सुपरीवेक्षणको भूमिका निर्वाह गर्दै सहभागीहरूलाई उत्प्रेरणा प्रदान गरिरहेका छन् ।

No description available.

त्यस्तै खोप अभियानको औचित्य, कार्यनीति र खोपमा जिल्लाको अवस्थाको बारेमा स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत विजय बरालले  सहजीकरण गरेका छन् । कार्यक्रममा जिल्लाका ६ वटा स्थानीय तह मध्ये हिजो पहिलो चरणमा शितगंगा नगरपालिका र पाणिनि गाउँपालिकालाई र आज सन्धिखर्क नगरपालिका र छत्रदेव गाउँपालिकालाई  भोलि भूमिकास्थान नगरपालिका र मालारानीलाई समावेश गरिएको छ । कार्यक्रममा पालिकाका स्वास्थ्य शाखा प्रमुख र वडामा रहेका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ ।

No description available.

कार्यक्रममा अर्घाखाँची अस्पतालका निमित्त प्रमुख डा. अशोक शाह, सहजकर्ता मनोज नेपाल, लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख शिव नेपालीको अध्यक्षता, कार्यक्रम सुपरभाइजर विजय बरालको स्वागत र कोल्ड चेन सुपरभाइजर सुदनराज गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सागर परियार
लेखकको बारेमा

सागर परियार

परियार समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?