नेदरल्यण्ड्सले नेपाललाई दियो १३८ रनको लक्ष्य

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग टू को आफ्नो दोस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले जितका लागि १ सय ३८ रनको लक्ष्य पाएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा आएको नेदरल्याण्ड्स ३९ ओभरमा १ सय ३७ रनमा अलआउट भएको हो।

नेदरल्याण्ड्सलाई सुरुदेखि दबाबमा राखेको नेपालका कुशल भुर्तेलले ४, ललित राजवंशीले २, कप्तान रोहित पौडेल र सोमपाल कामीले एक/एक विकेट लिए।  नेदरल्याण्ड्सका दुई ब्याटर रनआउट भए। नेदरल्याण्ड्सका स्कट इडवार्डस्ले सर्वाधिक ३३ रन बनाए। बास डि लिडले २७ र सिब्राण्ड इङ्गलब्रेटले २३ रनको योगदान गरे।

अब नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। पहिलो खेलमा नामिबियासँग पराजित नेपाल आज नेदरल्याण्ड्सविरुद्ध जितको लक्ष्यमा छ। नेपाल र नेदरल्याण्ड्सबीच अहिलेसम्म तीन एकदिवसीय खेल भएका छन्। जसमा नेदरल्याण्डसले २ तथा नेपालले एक खेल जितेको छ। नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्ड्ससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो। लिग– २ मा ८ देश खेलिरहेका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?